उपभोक्ता ठग्दै ग्यास डिलर, चन्द्रपुर नगरपालिका किन मौन ?
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार २३:५७:१७
१७ भदौ, रौतहट । चन्द्रपुर नगरपालिकाले बजार अनुगमनमा बेवास्ता गरेको कारण नगरपालिकामा रहेको एल पी ग्याँसका डिलरले उपभोक्ता ठग्ने गरेको पाइएको छ । सरकारले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर ग्याँसका डिलरले उपभोक्ता ठगेको पाइएको हो । सरकारको पछिल्लो मूल्य प्रति शिलिण्डर १३ सय ७५ रुपैयाँ छ । तर यहाँका डिलरले उपभोक्तासंग १४ सय रुपियाँ लिएर प्रति शिलिण्डर २५ रुपियाँ ठग्ने गरेका छन् ।
नगरपालिकाको पुरानो बजार चन्द्रनिगाहपुरमा रहेको प्रियंका भाँडा पसलका सञ्चालक हरिशंकर राउतले अम्बर ग्याँस उद्योग वीरगंजको डिलर लिएका छन् । उनले नगरपालिकाको वडा नम्बर ६ का उपभोक्ता आइते अस्तानी मगरसंग एक शिलिण्डर ग्याँसको १४ सय रुपियाँ लिएका छन् । उपभोक्ता मगर भन्छन्, “मैले तिरेको मूल्यको बिल माग्दा उल्टै मलाई साहुजीले हप्काए ।”
झट्ट हेर्दा उक्त पसल थोरै लगानीमा खोलिएको सानो पसल जस्तो लाग्छ । तर गोदाम भने भाँडा र ग्यासले भरिभराउ छ । सरकारी दरभाउको जानकारी नभएका सोझा उपभोक्तालाई नगरका अधिकांश ग्याँसका डिलरले मूल्यमा ठग्दै आएका छन् ।
शिलिण्डरमा २५ रुपैयाँ बढी लिनु भनेको भन्दै बिर्को नभएकै कारण २५ रुपैयाँ बढी लिएको डिलरवाला राउतले बताए । यस सम्बन्धमा अम्बर ग्याँस उद्योग वीरगंजका अम्बर कयल भन्छन् “उद्योगले डिलरलाई १३ सय १५ रुपियाँमा एक शिलिण्डर ग्याँस उपलब्ध गराउँछ । ग्राहकले बिर्कोसहितको शिलिण्डर फिर्ता गरेको छ भने डिलरले प्रति शिलिण्डर १३ सय सय ५५ रुपैयाँ मात्र लिनु पर्छ । यदी विर्को नभएको शिलिण्डर फिर्ता गरेको छ भने सरकारी रेटबमोजिम प्रति शिलिण्डर १३ सय ७५ रुपैयाँमा ग्यास भरिएको शिलिण्डर दिनु पर्छ ।”
डिलरवाला राउतले बिर्को भएको होस् वा नभएको होस् सबै ग्राहकसंग प्रतिशिलिण्डर चौध सय रुपैयाँ लिने गरेको अम्बर ग्याँसका उपभोक्ता बताउँछन् । चन्द्रपुर नगरपालिकाको बजार अनुगमनमा देखिएको उदासिनताको कारण नगरपालिकामा कालाबजारी व्याप्त रहेको स्थानीय बताउँछन् । यता चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका अध्यक्ष शुनिलकुमार जैशवालले कालाबजारी गर्ने जो कोही व्यापारीलाई कारवाही हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार