कोहलपुरमा सिटिजन्स् बैंकको प्रवेश, क्रान्तिको प्रतिक रातो रिबन काटेर उद्घाटन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार ०:३९:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Citizens-bank_U9TMTGCkDg.jpg)
१८ भाद्र, काठमाडौं । वाणिज्य बैंकहरुले शाखा विस्तारको अभियान चलाइरहेका बेला सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालगञ्जको बैंकिङ हबका रुपमा विकसित हुँदै गरेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई अगाडी बढाएको सिटिजन्स बैंकले आक्रामक रुपमा शाखा विस्ताको काम गरिरहेको छ । नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउने हावादारी गफमा हिँडेको नेपालको बैंकिङ क्षेत्रको एउटा सदस्य सिटिजन्स बैंकले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको हो ।
आज एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले क्रान्तिको प्रतिकका रुपमा रहेको रातो रिबन काटी उक्त शाखाको उद्घाटन गरेका हुन् । सो कार्यक्रमा सहभागी एकजना सेवाग्रहीले नेपालबहससँग कुरा गर्दै भने :-“यो बैंक पनि विप्लव माओवादी समर्थक हो कि क्या हो ? रातो रिबन पो काट्छ त !” वरिपरिका सहभागी खित्का छोडेर हाँस्न थाले ।
उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको नगन्य उपस्थिति रहेको थियो । बैंकले शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य लिएको दावी गरेको छ ।
सिटिजन्स बैंकले पहुँचवाला र कमिशनखोरका लागि कर्जा सुविधा दिने गरेपनि सर्वसाधारणका लागि भने सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने झुटो प्रचार गरेको छ ।
सोही कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमको प्रत्येक प्रदेशमा १० प्रतिशत अनिवार्य खर्च गर्नुपर्ने बाध्यात्मक प्रावधान बमोजिम श्री ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई जम्मा ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने दावी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका छन् ।
बैंकले आर्थिक वर्ष २०७५।७६ मा जम्मा ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले १ अर्ब ४६ करोड रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको बैंकले जनाएको छ ।
दिनप्रतिदिन बद्नाम हुँदै गएको संघीयतालाई यो बैंकले दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको दावी गर्दै निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु विस्तार गर्ने योजना अगाडी सारेको छ ।
![कोहलपुरमा सिटिजन्स् बैंक](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/09/Citizen-bank-1.jpg?resize=437%2C330&ssl=1)
बैंकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब ४ लाख ग्राहकवर्गलाई परम्परागत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरुमा प्रतिस्पर्धी अन्य बैंकहरुको दाँजोमा पछाडि रहेको यो बैंकले अब भने छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने भन्दै सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरि व्ययभार थप बढाएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवासाथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार
रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद
असार २१, २०८१ शुक्रबार
लिज ट्रस टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित
असार २१, २०८१ शुक्रबार
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री प्रचण्ड
असार २१, २०८१ शुक्रबार
राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
असार २१, २०८१ शुक्रबार
मलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन निलम्बन गरियो : ढकाल
असार २१, २०८१ शुक्रबार