नबिल, एनआईसी एशिया र ग्लोबल आईएमई बैंकको खाता सबैभन्दा असुरक्षित !
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बिहिबार २:११:२३
१८ भदौ, काठमाडौं । गत शनिवारदेखि नेपालको बैंकिङ क्षेत्र थप चर्चामा आएको छ । चीनियाँ ह्याकरहरुले नबिल बैंकको एटीएम बुथ प्रयोग गरी करोडौं रुपैयाँ निकालेपछि आम जनमानसमा नेपालका बैंकहरुले अपनाएको साइबर सुरक्षामा गम्भिर प्रश्न चिन्ह खडा भएको हो । नेपाली बैंकिङ क्षेत्रमा अब्बल भनि प्रचार गरिएका बैंकहरुमा नै ह्याकरहरुले प्रहार गरेपछि अब नेपालका कुन बैंकलाई विश्वास गरेर रकम जम्मा गर्ने त भन्ने प्रश्न पनि खडा भएको छ ।
नेपालका ठूला भनिएका नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र कुमारी बैंकको सुचना प्रविधि कमजोर रहेको र साइबर सुरक्षामा उनीहरुको लगानी शुन्य प्रायः रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । हुनपनि माथि उल्लेखित यी बैंकहरुको वेभसाइट समेत सामान्य हुनुले सुचना प्रविधिमा उनीहरूकाे लगानी कमजाेर देखिएकाेले ह्याकरको निशाना यी बैंकहरुमाथि भएको सहजै अनुमान गर्न सकिन्छ ।
एनआईसी एशियामा रहस्यमय ढंगले घटाइएको उक्त घटनाको नाईके तथा त्यसमा संग्लन मतियारहरुको खोजी गर्ने हो भने यो घटनाको मास्टर माइन्ड पत्ता लाग्न गाह्रो छैन । एनआईसी एशियाले नेपाल प्रहरीको सहयोगमा केही रकम फिर्ता ल्याउन सफल भए पनि अझै जनताले डिपोजिट गरेको १० करोड भन्दा बढीको रकम फिर्ता ल्याउन सकेको छैन ।
यसअघि एनआईसी एशिया बैंकमा भएको करिब ६५ करोड बराबरको ह्याकिङमा प्रहरीले मिलेमतोमा अनुसन्धान टुङ्ग्याउनुले पनि ह्याकरहरुको मनोबल बढेको देखिन्छ । ट्रायलका रुपमा ह्याकरहरुले नेपालको बैंकहरुलाई प्रयोग गरेको र त्यसमा उनीहरु बिगतमा लगातार सफल भएको हुँदा पछिल्लो घटना हुन पुगेको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीको भनाई छ । एनआईसी एशियामा रहस्यमय ढंगले घटाइएको उक्त घटनाको नाईके तथा त्यसमा संग्लन मतियारहरुको खोजी गर्ने हो भने यो घटनाको मास्टर माइन्ड पत्ता लाग्न गाह्रो छैन । एनआईसी एशियाले नेपाल प्रहरीको सहयोगमा केही रकम फिर्ता ल्याउन सफल भए पनि अझै जनताले डिपोजिट गरेको १० करोड भन्दा बढीको रकम फिर्ता ल्याउन सकेको छैन ।
पछिल्लो समय एससीटी (स्मार्ट च्वाइस टेक्नोलोजिज्) कार्डका संस्थापक तथा नेपालमा यो प्रविधि भित्र्याउने रविन्द्र मल्ल बैंकको कालोसुचीमा पर्नु र भिसा कार्डको काण्ड हुनुलाई संयोग मात्र मान्ने कि “दाल मे कुच काला है” भनि मान्ने ? किनकी भिसा कार्डका नेपाल प्रतिनिधिले प्रहरीलाई असहयोग गर्नु र केही मिडियामा नबिल बैंकका सीईओ अनिल शाहले आफु पानी माथिको ओभानो हुन लगातार समाचार संप्रेषण गर्नुलाई संयोग मात्र मान्न सकिँदैन । हिजो मात्र गभर्नर चिरञ्जिवी नेपालले यो घटनालाई बैंकहरुको सुरक्षा कमजोरीको रुपमा चित्रित गर्नुपनि थप अर्थपूर्ण छ ।
यसरी घट्यो पछिल्लो घटना
नेपाली बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौंमा एटीएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो ।
एटीएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि प्रभु बैंकका सीओओ दिनेश थकालीले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ ।
उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ नागरिकमध्ये छ जना पक्राउ परे । फरार दुई जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटीएम बुथमा रहेको सीसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।
यसअघि पीनकोड चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । यो पटक स्विच नै ह्याक गरेर बैंकको पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताए ।
दुई जना फरार हुनु र अर्काेतर्फ भाषा नबुझ्ने समस्याले घटनाको अनुसन्धान जटिल बन्दै गएको छ । अङ्ग्रेजी र नेपाली नजान्ने अभियुक्त छन् भने चिनियाँ भाषा नजानेको प्रहरी छ । “भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएको छ, समस्याका बीचबाट पनि हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ”, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने । प्रहरीले दोभाषे राखेर घटनाको अनुसन्धान गरिरहेको छ । जसका कारण अनुसन्धानका विषय चुहिनसक्ने समस्या पनि प्रहरीमाथि छ ।
“एक व्यक्तिबाट अर्काे व्यक्तिमा सूचना जाँदा केही न केही परिवर्तन हुन्छ, अहिले प्रहरीले उक्त घटनामा पक्राउ परेका चिनियाँबाट तेस्रो व्यक्तिमार्फत सूचना लिइरहेको छ, हामीले बोलेको दोभाषेले कति बुझ्छ, उसले अभियुक्तलाई कति बुझाउन सक्छ, अभियुक्तले बोलेको कुरा दोभाषेले कति बुझ्छ र हामीलाई कति बुझाउन सक्छ, यहीँनिर समस्या छ”, बोगटीले भने । प्रहरीले उनीहरुसँग लिएको प्रारम्भिक बयानमा भने घटना स्वीकार गरे पनि अन्य विवरण भने प्रस्टसँग खुलाएको छैन ।
“प्रमाण सङ्कलन गर्ने काम र सम्बन्धित निकायलाई पत्राचार गर्ने काम भइरहेको छ, डिजिटल फरेन्सिक ल्याबमा अहिले प्राप्त सामग्रीको परीक्षण भइरहेको छ, सबुद सङ्कलन, प्रमाण जुटाउने र प्रारम्भिक बयानको काम गरिरहेका छौँ”, प्रनाउ बोगटीले भने । अनुसन्धानमा विशुद्ध बैंकको सफ्टवेयर ह्याक गरेर पैसा लुट्ने योजनाभन्दा बाहेक अरू केही नदेखिएको भन्दै उनले भने, “आठ जना संलग्न रहेको पत्ता लागेको छ, अरू बढी कति छन् अनुसन्धानपछि मात्रै खुल्छ, दुई जना फरार छन् ।”
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नबिल बैंकको एटीएम बुथ रोज्नुलाई उनीहरुको साइबर सुरक्षा कमजोर रहेको देखिएको छ । साथै नबिल बैंकले प्रविधि सुरक्षामा खासै खर्च नगरी त्यसका सीईओ अनिल शाहले आफ्नो व्यक्तिगत प्रचार बाजीमा बढी खर्च गरेको अनुमान लगाउन सकिन्छ । किनभने साइबर हमलाका यी संगठित गिरोहले योजनाबद्ध ढंगले नेपालका सुचना प्रविधिमा कमजोर बैंकहरुको सर्टलिष्ट गरेर नै साइबर हमला गरेको देखिन्छ ।
उनीहरु सबै एकै समयमा काठमाडौं छिरेका थिए । घटनाको थप कारण पत्ता लगाउन परिसरले इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)समेत अनुसन्धानमा खटिएको छ । अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । विश्वभाषा क्याम्पसबाट पनि आवश्यक सहयोग लिइएको छ । विशेषज्ञको उपस्थितिमा काम गर्नुपर्ने भएकाले पनि जटिलताहरु आइरहेको प्रहरीले जनाएको छ ।
नेपालको बैंकिङ प्रणालीमा नै सशङ्कित पार्ने गरी गत शनिबार काठमाडौंमा उक्त घटना भएको थियो । अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा एक करोड ८९ लाख रुपैयाँ रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरङ्गित भएको हो । झण्डै सात वटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ ।
ह्याकरहरुले दरबारमार्गको नबिलको एटीएम नै किन रोजे ? भन्ने प्रश्नले प्रहरी रन्थनिएको छ । दरबारमार्ग यसै पनि भीआईपी एरिया हो र चिनियाँ चोरहरुले नबिल बैंकको मुख्य कार्यालयकै एटीएम बुथ रोजेको देखिएको छ । अनुसन्धानका क्रममा प्रहरीले नबिल बैंककै एटीएम रोज्नुलाई शंकाको दृष्टिले हेरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नबिल बैंकको एटीएम बुथ रोज्नुलाई उनीहरुको साइबर सुरक्षा कमजोर रहेको देखिएको छ । साथै नबिल बैंकले प्रविधि सुरक्षामा खासै खर्च नगरी त्यसका सीईओ अनिल शाहले आफ्नो व्यक्तिगत प्रचार बाजीमा बढी खर्च गरेको अनुमान लगाउन सकिन्छ । किनभने साइबर हमलाका यी संगठित गिरोहले योजनाबद्ध ढंगले नेपालका सुचना प्रविधिमा कमजोर बैंकहरुको सर्टलिष्ट गरेर नै साइबर हमला गरेको देखिन्छ ।
एटीएममा विदेशी नागरिकको शङ्कास्पद गतिविधि पछि प्रभु बैंकका सीओओ दिनेश थकालीले प्रहरीलाई समयमै खबर गरेपछि ठूलो दुर्घटना हुनबाट जोखिएको हो । सोही सूचना बैंकमार्फत आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पारेका थिए ।
खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटीएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटीएम बुथ नै ह्याक गरेर करोडौँ रकम निकालेको रहस्य खुल्यो । भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो । होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य चार ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । प्रहरी जुन लिफ्टबाट ६ तलामाथि चढ्दै थियो ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए ।
एटीएम बुथबाट झू लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए । चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्ने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको डाटा ह्याक गरेर एटीएम बुथबाट एकै दिनमा झण्डै दुई करोड निकालेका थिए । प्रहरीले यस्तो प्रकृतिको घटना अहिलेसम्म नभएको दाबी गर्दै आएको छ ।
उनीहरुबाट एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ् कसुर अन्तर्गतको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फरार रहेका चिनियाँ ह्याकरबाट गैरकानूनी रुपमा डलर सटही गरेका ठमेलस्थित डेक्सो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडी सोमबार पक्राउ गरेको छ । ह्याकरले एटीएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै उनीहरुसँग साटेका थिए ।
चिनियाँ नागरिक पक्राउ परेलगत्तै नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीले भेटेर घटनाको जानकारी लिएका थिए । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको र कुनै दबाब नदिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ अभियुक्तहरुको परिवार नेपाल आइपुगेका छन् । आज बिहान उनीहरुले अभियुक्तलाई भेट गरेको परिसरले जनाएको छ ।
सीसी क्यामराका श्रव्यदृश्यबाट तथ्य खोजिँदै
प्रहरीले घटनाको अनुसन्धानका लागि राजधानीको विभिन्न सम्भावित क्षेत्रका एटीएम बुथको सीसी क्यामराको श्रव्यदृश्य मगाएको छ । फरार रहेका दुई जनाको पहिचानका लागि प्रहरीले सबै प्रहरी वृत्तलाई निगरानी गर्न निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत अन्य कार्यालयले पनि अनुसन्धानलाई सहयोग गरिरहेको छ ।
जहाँ सोच र शैली नै पुरातनवादी पाराको हुन्छ त्यहाँ आधुनिकताको खोजी गरेर कहाँ पाइन्छ । नबिल बैंकका सीईओ अनिलकेशरी शाह संस्थाको करोडौं रुपैयाँ व्यक्तिगत प्रयोजनको लागि खर्च गरेर आफुलाई आधुनिक र सेलिब्रेटी बनाउने धुनमा त छन् तर समग्र बैंकको आधुनिकिकरण र जोखिम व्यवस्थापनमा भने ध्यान नदिएको यो घटनाले पुष्टि हुन्छ ।
ह्याकरले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआईसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत सात बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । “ती बैंकको एटीएमका सबै सीसी क्यामरा मगाएका छौँ, त्यसबाट पनि नयाँ तथ्य खुल्न सक्छ”, प्रनाउ बोगटीले भने । यसअघि प्रहरीले पैसा सटही गर्ने व्यक्तिको पहिचान सीसी क्यामराबाटै गरेको थियो ।
हात्तीसारको होटेलबाट निस्किएको ट्याक्सी पच्छ्याउँदै प्रहरी ठमेलसम्म पुगेको थियो । फरार रहेका ह्याकरहरु ठमेलबाट कता गए भनेर पहिचान भएको छैन । केरुङ नाकासम्म पुगेको जानकारी आएकाले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
ह्याकरले प्रयोग गरेका थिए ‘हिट एण्ड रन’को सूत्र
ह्याकरले ‘हिट एण्ड रन’को सूत्र प्रयोग गरेको पाइएको छ । छोटो समयमा काम सक्ने (हान्ने र भाग्ने) योजनालाई अनुसन्धानमा हिट एण्ड रनको सूत्र भनिन्छ ।
भदौ १३ गते शुक्रबार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका उनीहरु भदौ १७ गते फर्कने योजना बनाएका थिए । होटल तीन दिनका लागि मात्रै बुक थियो । बिदाको दिन निगरानी र चहलपहल कम हुने भएकाले उनीहरुले शनिबारलाई उपयोग गरेका थिए । त्यो पनि कमजोर सुरक्षा संयन्त्र भएको बैंकलाई लक्षित गरेर । योजना भने उनीहरुले विदेशमै बनाएको प्रहरीले पुष्टि गरेको छ । शनिबार बिहानदेखि पैसा निकाल्न थालेका उनीहरुले ४ बजेसम्ममा एक करोड ८९ लाख रुपैयाँ निकालेका थिए । उनीहरुको शनिबार दिनभरमा काम सकेर आइतबार आवश्यक सफाय गर्ने र सोमबार फर्कने योजना भए पनि प्रहरीले विफल बनाइदियो ।
नबिल बैंक देशकै पुरानो तथा प्रतिष्ठित बैंकका रुपमा जनमानसमा परिचित भएपनि यसको संरचना र संचालन पछिल्लो समय कमजोर बन्दै गएको छ । सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीहरुको जस्तै पुरातनवादी ढर्रा र शैलीमा चल्दै आएको छ । जहाँ सोच र शैली नै पुरातनवादी पाराको हुन्छ त्यहाँ आधुनिकताको खोजी गरेर कहाँ पाइन्छ । नबिल बैंकका सीईओ अनिलकेशरी शाह संस्थाको करोडौं रुपैयाँ व्यक्तिगत प्रयोजनको लागि खर्च गरेर आफुलाई आधुनिक र सेलिब्रेटी बनाउने धुनमा त छन् तर समग्र बैंकको आधुनिकिकरण र जोखिम व्यवस्थापनमा भने ध्यान नदिएको यो घटनाले पुष्टि हुन्छ ।
प्रहरीले मगायो विज्ञ टोली
प्रहरीले घटनाको अनुसन्धानका लागि सूचना प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ । सबै मनिटर गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।
“आर्थिक सम्बन्धिको ठूलो मुद्दा भएकाले मुख्य निरीक्षण राष्ट्र बैंकले नै गर्र्ने हो, त्यसैले हामीले विज्ञ टोली उपलब्ध गराइदिन अनुरोध गरेका छौैँ”, प्रनाउ बोगटीले भने । प्रहरी प्रधान कार्यालयका आईटी विज्ञको टोलीसमेत घटनाको अनुसन्धानमा सक्रिय छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको छानबिन गरिरहेको बताउँदै त्यसको रिपोर्टपछि सबै कुरा खुल्ने बताए । उनले प्रहरीको चिट्ठी हेरेर आवश्यक सहयोग गर्ने पनि बताए ।
नेपालमा भिसा कार्ड प्रदायक नेप्सका सीईओ प्रविण क्षेत्रीले बारम्बार प्रहरी अनुसन्धानमा असहयोग गर्नुलाई पनि रहस्यमय मानिएको छ । यस्तै यसको सेवा लिने नबिल बैंक र एनआईसी एशिया बैंकमा रहेको सर्वसाधारणको खाता पनि असुरक्षित मानिएको छ ।
नेप्ससँग जानकारी लिँदै प्रहरी
पन्ध्रवटा बैंकको स्विच उपलब्ध गराउने संस्था ‘नेप्स’ हो । उसले ती बैंकको सप्mटवेयर सेवा प्रवाह गर्दै आएको थियो । त्यसैले अनुसन्धान र सोधपुछका लागि नेप्सका पदाधिकारलाई बोलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनीहरुको प्रविधि, त्यसको प्रयोग र समस्याका विषयमा छलफल हुने प्रहरीले जनाएको छ । मङ्गलबार र बुधबार उनीहरुलाई बोलाइए पनि नआएकाले विहिबार पुनः नेप्सका पदाधिकारीलाई कडा ताकेता गरेको छ । मुख्य कुरा नै नेप्सको सफ्टवेयरबाट घटना घटेको छ, तपाईंहरुले अनुसन्धानमा सहयोग नगरेमा थप जटिलता आउँछ र कुनै पनि बेला पक्राउ गर्नुपर्ने हुनसक्छ भनेर प्रस्ट भनिएको एक प्रहरी उच्च अधिकारीले नेपालबहसलाई बताए ।
नेपालमा भिसा कार्ड प्रदायक नेप्सका सीईओ प्रविण क्षेत्रीले बारम्बार प्रहरी अनुसन्धानमा असहयोग गर्नुलाई पनि रहस्यमय मानिएको छ । यस्तै यसको सेवा लिने नबिल बैंक र एनआईसी एशिया बैंकमा रहेको सर्वसाधारणको खाता पनि असुरक्षित मानिएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म बैंकबाट एक करोड ८९ लाख रुपैयाँ पैसा निकालिएको छ । त्यसमध्ये एक करोड ५६ लाख र झण्डै १५ हजार अमेरिकी डलर प्रहरीले बरामद गरिएको छ । अझै केही रकम फिर्ता ल्याउन सकिएको छैन ।
यसका लागि प्रहरीले नेप्सका सीईओ प्रविण क्षेत्री, नबिलका सीईओ अनिलकेशरी शाह र एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेलाई पूर्ण नियन्त्रणमा लिएर थप अनुसन्धान गर्नुपर्छ । तब मात्र यस काण्डको जरैदेखि छिनोफानो हुनेछ । यदि अनुसन्धानरत प्रहरी यसमा मोलाहिजा गर्न लाग्यो भने यस्ता घटना दोहोरिँदै जाने कुरामा सन्देह छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार