नेप्स र बैंकमाथि अनुसन्धान किन नगर्ने ?
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १८:१:१
नेपालमा अत्यन्तै डर लाग्दो घटना हालै भएको छ । त्यो हो एटीएम ह्याक । यसले बैंकर र बैंकको सफ्ट्वेयर सेक्यूरेटीका बारेमा प्रश्न मात्रै उठेको छैन । बैंकहरुको एटीएम सुरक्षामाथि पनि प्रश्न उठेको छ । एक सीईओले नाम नलेख्ने शर्तमा भनेः– २८ वाणिज्य बैंक मध्ये १२/१५ वटा बाहेक सबैको बैकिङ्ग सफ्ट्वेयर नक्कली छ । कम मुल्यको छ । केही बैंकहरुले हालै ‘फिनाकल–१०’ जस्ता राम्रा सफ्ट्वेयर चलाएका छन् ।
नक्कली सफ्ट्वेयर भएका बैंकहरुमा फेरि भोली अर्को काण्ड नहोला भन्न सकिदैन । उनीले प्रस्टै भनेः– अधिकाशं बैंकको एटीएम मेसिन र कार्ड नै चीनका कम्पनीहरुले बनाएका छन् । सस्ता छन् । कमिशन खाएर नेपाल ल्याएका छन् । यी मेसिन र कार्डबाट ग्राहकले विश्वास गर्ने ठाँउ नै छैन ।
चिनीयाँ ह्याकरहरुले भारत, स्पेन, हङकङ जस्ता विकसित देशमा एटीएम ह्याक गरि अबौं पैसा चोरी गर्न सफल भएका घटना हामीले सुन्न र पढ्न पायौं । तर, त्यही चिनीयाँ ह्याकरहरुले नेपालबाट एटीएम ह्याक गरी रकम चोरी गरी लैजान पाएनन् । यो खुशीकै पक्ष मानिन्छ । यो नेपाल प्रहरी र बैंकहरुकै सुचनाले बचेको होला ।
नेप्सका सीईओ प्रविण प्रकाश क्षेत्रीलाई किन अनुसन्धान नगर्ने, अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ? यसको उत्तर छ ? चिनीयाँ ह्यारको डलर साट्नेलाई पक्राउ गरि अनुसन्धान गर्ने । तर, पैसा दिन अनुमति दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीईओ क्षेत्री र सञ्चालकहरुलाई किन कारवाही नगर्ने ?
तर, लाखौं पैसा मेसिनमा राखी रातभरी छाडा गाईबस्तु जस्तै गरी छोडिदिने, सुरक्षा नगर्ने, गार्ड नराख्ने, यो चाँही कस्तो बैकिङ्ग हो ? पैसा असुल गरी काम गर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कै कारण वा कमजोरीले पैसा चोरी भएको भए उसलाई किन कारवाही नगर्ने ? यो प्रश्न अहिले बजारमा चर्चाको विषय बनेको छ ।
अहिले सुनिन्छ, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)मा आवद्ध भएका ११ वाणिज्य बैंकका एटीएम प्रयोग गरि करोडौं पैसा एटीएमबाट चोरिएको छ । ७ वटा विकास बैंक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग आवद्ध छन् भनिएको छ ।
यति धेरै पैसा निकाल्दा भिसा कार्डको मुख्य कार्यालय अमेरिकाले पटक/पटक मेल र टेलिफोन गर्दा पनि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कहाँ सुतेर बसेको थियो । नेप्सका सीईओ प्रविण प्रकाश क्षेत्रीलाई किन अनुसन्धान नगर्ने, अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ? यसको उत्तर छ ? चिनीयाँ ह्यारको डलर साट्नेलाई पक्राउ गरि अनुसन्धान गर्ने । तर, पैसा दिन अनुमति दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीईओ क्षेत्री र सञ्चालकहरुलाई किन कारवाही नगर्ने ?
अर्को पक्ष बैंकहरुको पनि कमजोरी । त्यो हो ‘मोनिटरिङ इज मोर इन्पोरटेण्ट’ यस विषयमा बैंकहरु फेल भएका छन् । यति सम्म की एटीएममा पैसा सकियो भने पटक/पटक ग्राहकले टेलिफोन र निवेदन दिएपछि पैसा एटीएममा राख्ने र जनताको डिपोजिटमा करोडका गाडी र लाखौं तलब खाने सीईओ सावहरु अब सचेत भए हुन्छ । जनता २१ औं शताब्दीका चलाख र पढेलेखेका छन् । यो बुझ्नु जरुरी देखिन्छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल भनिरहेका छन्ः– आफ्नो पद र प्रतिष्ठा जोगाउन शक्ति केन्द्र धाउने सीईओ साबहरुले पैसाको सुरक्षा आफै गर्न सक्नुपर्दछ । उनीकै शब्द सापटी लिने हो भने पद र प्रतिष्ठा शक्तिकेन्द्र धाउँदा जोगिन्छ । तर, पैसा एटीएम भित्रैबाट हराउँछ । एटीएम रातारात ह्याक हुन्छ । यो जोगाउने काम सीईओहरुको हो कि होइन ?
जनताको पैसा बढाउने, सुरक्षित गर्ने, समयमा दिने, कर्जा दिने जस्ता महत्वपूर्ण काम गर्ने र उच्च जोखिम बहन गर्ने भएकोले सीईओ साबहरुलाई सञ्चालकहरुले करोडौंको गाडी र लाखौं मासिक भत्ता दिएको होला नि ! त्यसकारण बैंकमा पुगेको पैसाको जिम्मा अब बैंकका सीईओ र सञ्चालकले नै लिन पर्दछ कि पदैन ? घटना भएपछि अर्को कम्पनीको कारण भएको हो भन्दै पन्छिन मिल्दैन । यो सरासर गैरजिम्मेवार कुरा भएन र ? यो प्रश्मा छलफल र बहस किन नगर्ने ?
सीईओ क्षेत्री र एटीएम कार्ड प्रयोग भएका बैंकहरुका सीईओहरु माथि तत्कालै अनुसन्धान गरिनु जरुरी देखिन्छ । स्मरणीय के छ भने नेप्सको आफ्नै अधिकारिक अनलाइन समेत सेक्युर देखिदैन । यो विश्वका देशमा राम्रा राम्रा सेक्यूरेटी सिस्टम प्रयोग गरिएका सर्वरहरुबाट सञ्चालन गरिएका इन्टरनेटबाट चल्दैन अथवा खुल्दैन ।
फेरि यस्ता घटना नदोहोरिउन भन्ने हो भने कमसेकम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीईओ क्षेत्री र बैंकका सीईओलाई समेत बयान लिई अनुसन्धान गर्नु पर्दछ की पर्दैन ? चिनीयाँ ह्याकहरुले विश्वका अधिकाशं देशमा यस्तो एटीएम ह्याक गरि पैसा चोरी गरेको घटना दिन प्रतिदिन आएका छन् । यस्तो नेपालमा होला भन्ने ज्ञान बैंकका सीईओ र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का मालिकहरुलाई हुनु जरुरी हुन्छ की हुँदैन ?
त्यसकारण नेपाल प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीईओ क्षेत्री र एटीएम कार्ड प्रयोग भएका बैंकहरुका सीईओहरु माथि तत्कालै अनुसन्धान गरिनु जरुरी देखिन्छ । स्मरणीय के छ भने नेप्सको आफ्नै अधिकारिक अनलाइन समेत सेक्युर देखिदैन । यो विश्वका देशमा राम्रा राम्रा सेक्यूरेटी सिस्टम प्रयोग गरिएका सर्वरहरुबाट सञ्चालन गरिएका इन्टरनेटबाट चल्दैन अथवा खुल्दैन ।
सरकारले यस्तो संवेदनशिल कामको जिम्मेवारी सरकारी निकायबाट गरिनु पर्दछ । एउटा व्यक्ति विशेषबाट सञ्चालित संस्थाबाट गरिनु हुँदैन । (लेखक आचार्य नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य हुन् )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार