देशका विभिन्न स्थानमा डेङगुको संक्रमण फैलिदै,नवलपुरको गैडाकोटमा एकको मृत्यु
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १८:४३:४९
१९ भदौ,नवलपुर । देशका विभिन्न स्थानमा केही दिनयता डेङगुको संक्रमण फैलिएको छ । चितवन र नवलपुर क्षेत्रमा यसको प्रकोप अझ बढी देखिएको छ ।
नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको गैंडाकोटमा अझ बढी संक्रमण रहेको पाईएको हो । गैंडाकोटका विभिन्न स्वास्थ्य संस्था तथा चितवनमा उपचार गराउनेहरुको एकिन तथ्याङ्क नभएपनि गैंडाकोट १६ का एक व्यक्तिको एक हप्ताअघि मात्रै मृत्यु भएको छ ।
जिल्लामा यति नै व्यक्तिमा संक्रमण छ भन्ने एकिन तथ्याङ्क नरेहको स्वास्थ्य कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व) का प्रमुख ख्याम केसीले बताए । उनले स्थानीय तहमा रहेका नगर स्वास्थ्य शाखाहरुले यस रोगबारे लिखितरुपमा कुनै जानकारी नपठाएका कारण यसै भन्न नसकिने बताए । लिखित रुपमा जानकारी गराउन पालिकाका स्वास्थ्य शाखाहरुलार्ई जानकारी गराईएको उनले बताए ।
उता चितवन जिल्लामा हालसम्म ५३७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको संक्रमण बढिरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, केही महिनाअघि सुनसरीमा देखिएको डेंगु अहिले ४२ जिल्लामा फैलिएको छ भने, १५ सय भन्दा बढी नागरिक संक्रमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार