पूर्वसभासद् कार्की डिल्लीबजार जेल चलान
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार २२:०:४४
१९ भदौ, काठमाडौं । अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।
विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महीना कैद र बिगोबमोजिम रु एक/एक लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार