दूधको मुल्य बढ्यो, किसानले ४ रुपैयाँ पाउँदा बिचौलियाको हातमा २ रुपैयाँ
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार २३:५२:३६
१९ भदौ, काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन सहमति दिएका छन् । किसान र डेरी उद्योगको लागत बढेको भन्दै दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन निर्णय भएको छ। अब उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानको आज बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी बढेको मूल्य कार्यान्वयनमा ल्याउने भएको छ ।
संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले जानकारी दिएका छन् । सरकारी संस्थानले मूल्य बढाएपछि निजी डेरीले समेत बढेको मुल्य कार्यान्वयनमा ल्याउँनेछन् । यो निर्णय भएसँगै दूध लिटरको ७६ रुपैयाँ पुगेको छ । एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।
मूल्य नबढ्दा धान्नै नसकिएको भन्दै किसानले हड्तालको घोषणा गरेपछि एक महिना अघि कृषिमन्त्री खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो । त्यही छलफलमा दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका थिए।
किसानले दुई वर्षदेखि मूल्य दूधको मूल्य नबढ्दा उत्पादन लागतनै धान्न नसकेको भन्दै हड्ताल गर्ने घोषणापछि मन्त्री खनालले सर्वदलीय छलफल डाकेका थिए। डेरी उद्योग संघले चैतदेखि भदौसम्म लिटरमा १० रुपैयाँ र भदौदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको थियो।चैतदेखि भदौंसम्म दूधको उत्पादन कम हुन्छ भने भदौंदेखि चैतसम्म दूध उत्पादन धेरै हुने भएकाले दुईथरी मूल्य राख्न प्रस्ताव गरेको संघले गरेको हो।
दूधको मूल्य बढ्दा त्यसको धेरै ६९ प्रतिशत हिस्सा किसानले पाउँछन्।उदाहरणका लागि लिटरमा ६ रुपैयाँ मूल्य बढे किसानले ४ रुपैयाँ १४ पैसा पाउँछन् भने डेरी उद्योगले १ रुपैयाँ ८६ पैसा पाउँछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार