ओली फिरे तर केही बोलेनन्
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार १८:५५:५२
२० भाद्र, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली सिंगापुरमा स्वास्थ उपचार गराई आज स्वदेश फर्किएका छन् । मृगौलामा समस्या देखिएपछि उनी यही भदौ ५ गते सिंगापुर गएका थिए । दुई साता लामो उपचार पछि उनी आज अपरान्ह स्वदेश फर्किएका हुन् ।
ओलीसँग पत्नी राधिका शाक्यका साथै नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडेल पनि फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका ओलीले पत्रकारसँग भने केही बोलेनन् । उनको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल , गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए ।
स्वदेश फर्के लगत्तै उनले राजनीतिक सकृयता बढाउने निकट स्रोतको दावी छ । संभवत ः भोलि नै सचिबालय वैठक बोलाएर महत्वपूर्ण निर्णय लिने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ । दशैं अगावै उनी मन्त्रिमण्डलमा फेरबदल गरी आफू अनुकूल टिम बनाउने सोचका साथ स्वदेश आएको स्रोतको दावी छ ।
सकेसम्म पार्टीको कार्यकारी अध्यक्ष पद पनि राख्ने छाड्नै परे पुष्पकमल दाहालको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने रणनीति बनाउने तयारी रहेको पनि दावी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार