एक हजार चार सयले घट्यो सुनको मूल्य
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार १९:४:४६
२० भदौ, भद्रपुर । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ ।
स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० खरीदबिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार