पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार २०:१३:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Pokhara_Ik4dTLrnxI.jpg)
२० भदौ, चिप्लेढुङ्गा । विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरू, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा सञ्चालन गरेका परियोजनाहरू सफल भएका छन् ।
सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा पोखराका प्रमुख जिसीले नेपालमा लगानीमैत्री वातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै हरितगृह ग्यासको उत्पादन कम गर्न नेपाल कटिबद्ध रहेको बताए । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने उनको भनाइ थियो ।
टान पश्चिमाञ्चलको स्थापना दिवस
ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आफ्नो २७ औँ स्थापना दिवस मानव सेवा आश्रममा वृद्धवृद्धा, असहाय र असक्तसँग मनाएको छ ।
पदयात्रा व्यवसायीको छाता सङ्गठन टानले व्यावसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानव सेवा आश्रममा मनाएको हो । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले बताए ।
![(टानको ४१औँ वार्षिक साधारणसभा](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/09/Taan.jpg?resize=696%2C350&ssl=1)
मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उनको भनाइ थियो । मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताए ।
आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव–मानवबीचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताए । एक–अर्काप्रतिको माया र सम्मान अनि मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उनको भनाइ थियो । स्थापना दिवसमा आश्रम सम्झेकोमा संस्थालाई आभार व्यक्त गरे ।
सोही अवसरमा टानले आफ्नो संस्थाका संस्थापकलाई समेत सम्झेको छ । अध्यक्ष हरि भुजेल नेतृत्वको कार्यसमितिले बिहीबार संस्थापक अध्यक्ष रामबहादुर श्रेष्ठलाई उनकै निवासमा पुगेर भेटी खादा लगाएर सम्मान गरेको संस्थाका उपाध्यक्ष सुशील पौडेलले बताए । “इतिहास विर्सनु हुँदैन, अग्रजको योगदानकै कारण संस्थाले आज २७ औँ स्थापना दिवस मनाउन सफल भएको हो”, पौडेलले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमापदण्डअनुसार छानिएका घरबासले पाए सरकारी अनुदान
असार २०, २०८१ बिहिबार
जुनमा ७६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
असार १८, २०८१ मंगलबार
पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुना घर निर्माण
असार १३, २०८१ बिहिबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार