जिम्बाबेका पुर्वराष्ट्रपति मुगाबेको निधन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार २:२६:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Robert-mugabe_D1QK0x4Bys.jpg)
२० भदौ, काठमाडौं । जिम्बाबेका पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ बर्षको उमेरमा निधन भएको उनी निकट आधिकारीक श्रोतहरुले शुक्रबार जानकारी दिएका छन् । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करीब चार दशक देशमा शासन गरेका थिए । मुगाबेको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो ।
मुगाबेको निधनका कारण वर्तमान राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले आफ्नो बैदेशिक भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । दक्षिण अफ्रिकाको राजधानी केप टाउनबाट उनी निर्धारित समयभन्दा अगाडि नै शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
जिम्बाबेका पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको थाहा पाएपछि उनले तत्काल स्वदेश फर्कने निर्णय गरेको राष्ट्रपतिका प्रवक्ता जर्ज चाराम्बाले बताए ।
राष्ट्रपति मनाङ्ग्वा गत मङ्गलबारदेखि दक्षिण अफ्रिकाको भ्रमणमा गएका थिए । विश्व आर्थिक मञ्च अफ्रिकाको सम्मेलनमा सहभागिता जनाउन उनी त्यहाँ गएका थिए ।
“जिम्बाब्बेका राष्ट्रपिता तथा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधनको खवरले मलाई स्तब्ध बनाएको छ,” राष्ट्रपति मनाङ्ग्वाले ट्वीटमा भनेका छन् ।
सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनी मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए ।
जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निर्वाचित बनेका थिए । त्यसपछि उनी सन् १९८७ देखि भने राष्ट्रपति बनेका थिए ।
बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको शुरुका वर्षमा निकै लोकप्रिय भएका मुगाबे अन्त्यमा भने जवरजस्ती निस्कासित हुनुपरेको थियो।
मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म
अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा झण्डै ४ दशक ३७ वर्ष शासन गरे, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उनको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो ।
बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन उनको मुख्य भूमिका रहेको थियो । मुलुक स्वतन्त्र भएसँगै प्रधानमन्त्री बनेका रोबर्ट मुगाबेले प्रतिद्वन्द्वी राजनीतिक शक्तिलाई दमन गर्नुका साथै देशको अर्थतन्त्र रसातलमा पु¥याएका थिए । झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताएका मुगाबे त्यसपछि छापामार बनेका थिए । तर मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उनी प्रधानमन्त्रीमा नियुक्त भए।
प्रधानमन्त्रीका रुपमा उनले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गरे। उनले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रमहरु अगाडि बढाए । तर उनको चमक निकै तिब्र गतिमा फिका हुन थाल्यो । मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हालेका थिए । सन् १९७४ मा जेलमुक्त हुँदा उनले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याएका थिए ।
सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकन पिपुल्स युनियन (जापु) को नेतृत्व गरेका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाएका थिए । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाए । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गरेका थिए । मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालिमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो ।
तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमिन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकाका अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो ।
मगाबेले आफ्नो शासनकालमा ल्याएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो । यसैगरी, उनले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उनीमाथि लागेका थिए । ऐजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
असार १९, २०८१ बुधबार
गाजामा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार