कर वृद्धि गर्ने रणनीतिका कारण अमेरिका जाने आप्रबासी सङ्ख्यामा ५६ प्रतिशतले गिरावट
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार २:३५:५७
२० भदौ, काठमाडौं । मेक्सिको बाटो भएर अमेरिका प्रवेश गर्ने आप्रबासी दर मेपछि ह्वात्तै घटेको मेक्सिकोले शुक्रबार जनाएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि अमेरिकासँग गरेको प्रतिवद्धता अनुसार उसले आप्रवासीको सङ्ख्या ५६ प्रतिशत बनाउन सफलता पाएको बताएको हो ।
अमेरिकाको दक्षिणी छिमेकी मेक्सिको भएर ठूलो सङ्ख्यामा आप्रबासी तथा शरणार्थी विभिन्न अमेरिकी राज्यहरूमा प्रवेश गर्ने गरेकोमा यसलाई नियन्त्रण गर्ने नीति अमेरिकाले लिएको छ ।
अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण गर्न नसघाएमा मेक्सिकोबाट अमेरिका जाने सामानमा १० प्रतिशत कर वृद्धि गर्ने तयारी गरेको अमेरिकाले केही महिनापहिले एक सहमति गरी स्थगित गरेको थियो ।
सहमति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात गर्ने सामानमा तत्काल कर वृद्धि नगर्ने र बदलामा मेक्सिकोले अमेरिका छिर्ने नाकाहरूबाट कागजात नपुगेका आप्रबासी तथा शरणार्थीलाई फिर्ता गर्न सहमत भएको थियो ।
आप्रबासी प्रवेश नियन्त्रणलाई आफूलाई पुनः निर्वाचित गराउने मुख्य बिषयका रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको विश्लेषकहरूले बताउने गरेका छन् ।
“मेरो विचारमा अमेरिकाले मेक्सिकोविरूद्ध कर वृद्धि गर्ने सम्भावना तत्कालका लागि हटेकोजस्तो लाग्छ किनकि मेक्सिकोले प्रतिवद्धता जनाए अनुसार आप्रवासीको प्रवेश नियन्त्रणलाई ५६ प्रतिशतले घटाउन सफल भएको छ ,” मेक्सिकोका विदेशमन्त्री मार्सेलो एवरार्डले भने ।
अमेरिका र मेक्सिकोबीच आप्रबासी समस्याबारे छलफलका लागि विदेशमन्त्री मार्सेलो वासिङ्टन जाने तयारी गरिरहेका समय यो तथ्याङ्क सार्वजनिक भएको हो । ऐजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार