विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउँदै, राज्यमन्त्री बुढा चिनियाँ अधिकारीसँग भेटवार्तामा व्यस्त
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार ३:७:४६
२० भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौं आउँदै छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना हुनेछ ।
चिनियाँ अधिकारीसँग भेटवार्ता
चीनको भ्रमणमा रहेकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग बिहीबार सिछुवान प्रान्तको लसान नगरपालिका उपप्रमुखलगायतले राजधानी छन्दुमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा दुई देशका राजनीतिक नेतृत्वबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल र सिछुवान प्रान्तबीच सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० सफल तुल्याउन अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न राज्यमन्त्री बुढाले अनुरोध गरेका थिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवशेषकुमार त्रिपाठी, राष्ट्रियसभाका सदस्य दुर्गा उपाध्याय, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ अधिकृत डा सागर न्यौपानेलगायत भेटवार्तामा उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार