नेकपा निकट थापालाई पछि पार्दै टान अध्यक्षमा सुवेदी विजयी
नेपालबहस संवाददाता
भदौ २१, २०७६ शनिबार १४:५१:५
२१ भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । काठमाडौंमा भएको टानको ४१औं वार्षिक साधारण सभाले सुवेदीलाई विजयी गराएको हो । निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट समूहका उम्मेदवार अञ्जन थापालाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्।
सुवेदीले ५२१ मत प्राप्त गरे भने थापाले ४३८ मत ल्याएका छन्। महासचिवमा भने थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनी अर्का प्रत्यासी कर्मा शेर्पालाई १३ मतान्तरले पराजित गर्दै विजयी भइन् । समितिको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा विजयी भएका छन् । उनीहरु सुवेदी समूहका हुन् । सचिवमा भने थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छन् । सदस्यमा थापा समूहको पाँच जना ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार