संघ र प्रदेशको समायोजन गर्दै स्याङ्जा कांग्रेसको सबै क्षेत्रमा नेतृत्व चयन
नेपालबहस संवाददाता
भदौ २१, २०७६ आइतबार ०:२३:३६
२१ भदौ, स्याङ्जा । संविधान बनेको झण्डै चार वर्षपछि नेपाली कांग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार जिल्लाका क्षेत्र नं. १ र २ लाई संघीय र प्रादेशिक समिति बनाएर समायोजन गरेको छ । केन्द्रीय समितिले जारी स्थानीय तह संगठनको अन्तरिम निर्देशिका २०७६ बमोजिम संघ र प्रदेशको समायोजन गरिएको हो ।
स्याङ्जा कांग्रेस जिल्ला पार्टी कार्यालयस्थित पुतलीबजारमा भएको भेलाले संघीय र प्रादेशिक संरचना अनुरुपको कार्य समिति चयन गरेको छ । संघीय संरचना अन्र्तगत क्षेत्र नं. १ का तुलसीराम रेग्मीको सभापतित्वमा १८ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपसभापतिमा जनकराज खनाल र रुकबहादुर क्षेत्री, सचिवमा रामजी भण्डारी र राजुकुमार श्रेष्ठ, सह–सचिव दुर्गा केसी, कोषाध्यक्षमा थमनबहादुर बोगटी सहमतिमा चयन भएको कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले जानकारी दिएका छन् ।
प्रादेशिक संरचना अनुरुप प्रदेश ‘क’ मा रुकबहादुर क्षेत्रीको सभापतित्वमा समिति गठन भएको छ । समितिको उपसभापतिमा ओमबहादुर भट्ट, सचिवमा डिआर पोखरेल, कोषाध्यक्षमा इन्दिरा केसी, सह–सचिवमा नरेन्द्र विक्रम थापा लगायत ३३ सदस्यीय समिति चयन गरिएको छ ।
प्रदेश ‘ख’ अन्र्तगत जनकराज खनालको सभापतित्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा रामजी भण्डारी र राजकुमार श्रेष्ठ, सह–सचिवमा दुर्गा केसी, कोषाध्यक्षमा थम्मनबहादुर बोगटी लगायत अन्य सदस्यहरु रहेका छन् ।
साविक क्षेत्र नं. २ र ३ लाई मिलाएर बनेको क्षेत्र नं. २ संघीय र प्रादेशिक संरचना अनुरुप समायोजन गरिएको छ । संघीय संरचना २ नंम्बरको सभापतिमा देबबहादुर खाँण ‘ईश्वर’ ले नेतृत्व प्राप्त गरेको स्याङ्जा कांग्रेसले जनाएको छ ।
समितिको उपसभापतिमा अर्जुनप्रकाश अर्याल र हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई र दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सह–सचिवमा बोला पाठक, सरस्वती बगाले लगायत अन्य सदस्यहरु रहेका छन् ।
संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’ मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सह–सचिवमा सरस्वती बगाले र बोला पाठक लगायत अन्य सदस्यहरु रहेका छन् ।
प्रदेश ‘ख’ मा हरिबाबु पोख्रेलको सभापतित्वमा महेश भट्टराई र शालिकराम देवकोटा सचिव र कोषाध्यक्षमा टिकाराम तिवारी र अन्य सदस्यहरु रहेको कांग्रेस स्याङ्जाका जिल्ला सदस्य बुद्धिसागर भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार