भूमिसम्बन्धी ऐन, २०२१ मा सुझाव सङकलन
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १३:३४:२९
२२ भदौ, विराटनगर । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग शनिबार छलफल भएको छ । विधायन व्यवस्थापन समिति, राष्ट्रियसभाद्वारा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुले भूमिहीन र सुकुम्वासी अलग–अलग समस्या भएकाले सोहीअनुसार समाधान हुनुपर्ने बताएका छन् ।
भूमिसम्बन्धी ऐन, २०२१ यो आठौँ संशोधन गर्दा यसलाई अत्यन्त व्यावहारिक, व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने सहभागीहरुले सुझाएका छन् । सो अवसरमा प्रदेश नं १ का प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भूमिलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै यो ऐन संविधानको मर्मअनुसार संशोधन गर्न विधायन समितिलाई सुझाव दिए ।
प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीले लामो समयदेखि जकडिएर रहेको यो समस्यालाई राजनीतिकभन्दा पनि व्यवहारिक ढङ्गले समाधान गर्नुपर्ने बताए । कार्यक्रममा विधायन समितिका सदस्य वृजेश लालले भूमिसम्बन्धी ऐनको विस्तृत जानकारी दिँदै यो ऐनलाई समृद्ध बनाउन सुझाव लिइरहेको चर्चा गरे ।
विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङले यो ऐनको सातौँ संशोधन हुँदासम्म पनि भूमिहीन र सुकुम्वासीको समस्या समाधन नभएकाले यो समस्या समाधान गर्न सरोकारवालाको राय लिन यस किसिमको कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा विधायन समितिका सदस्य युटोल तामाङ, हरिचरण शिवाकोटी, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, अधिवक्ता, सुकुम्वासी क्षेत्रमा काम गर्ने प्रतिनिधि र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार