नौमुले गाउँपालिकामा बल्यो पहिलो पटक बिजुली बती
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १६:३३:३
२२ भदौ, दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिए ।
तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करीब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । हामीले तत्काल मिटर उपलब्ध गराइदिन जिल्लामा खबर गरिसकेका छौँ, दशैँ अगाडि नै उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष बुढामगरको भनाइ छ ।
नौमुले गाउँपालिकाभित्र चार जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत् आयोजनाले विगत दुई वर्षदेखि नौमुलेबाट विद्युत् उत्पादन शुरु गरेर दैलेख र सुर्खेतका बासिन्दालाई विद्युत् सेवा आपुर्ति गरेको भए पनि नौमुले आफैँ बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका काममा सहजता हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।
यसअघि स्थानीयस्तरमै उत्पादन भएको साना जलविद्युत् आयोजनाले बिहान–बेलुका मात्रै बत्ती बाल्दै आएका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको बत्ती आएपछि खुशी भएको भए पनि तत्काल जिल्लाले मिटर उपलब्ध गराउनुपर्ने स्थानीय शशिराम विकको भनाइ छ ।
नौमुले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाले भदौको अन्तिममा ४ दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन शुरु गर्ने भएको छ । योसँगै नौमुलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुनेछ । अन्य दुई जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार