धर्मनिरपेक्ष खारेज नभए महासंघले आन्दोलन चर्काउने
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १७:११:२५
२२ भदौ, स्याङजा । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्ष नहटाएमा संविधान समाप्त हुने बताएका छन् । सदियौंदेखि सनातन धर्मसँगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने वक्ताहरुले बताएका हुन् ।
विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको वालिङ नगर अधिवेशनको उद्घाटन समारोहमा अधिकांश हिन्दुत्व तागाधारी विद्धानहरुले नेपालीहरुको नासोको रुपमा रहेको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष लेखिदा करोडौं हिन्दुहरुको मन दुखेको बताएका थिए ।
नेपाली जनताको अभिमतालाई एकातिर धन्काएर ल्याएको धर्मनिरपेक्षता हामीलाई मान्यता हुने छैन, विश्वहिन्दु महासंघ नेपालका सल्लाहकार तथा प्रर्खर वक्ता चिन्तामणि योगीले भने,“ दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैले दिएको छैन ।” प्रजातन्त्रदेखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्काएर ल्याइएको संविधानबाट धर्म निरपेक्ष नहटाइएमा संविधान दिगो हुनेवाल छैन योगीले भने । गाई माता बचाउ, सिमाना बचाउ, नदी बचाउ तर धर्मको नाममा परिवर्तनको आगो निभाउ, योगीले भने, “धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा घुमेको छ ।” सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले हाम्रो संस्कृति, संसकार र धर्म बचाउन सबै लाग्नु पर्छ योगीले भने । मुलुकलाई धर्म निरपेक्ष हटाएर हिन्दु राज्य घोषणा गर्न सबै एक हुनुपर्ने धारणा योगीको थियो ।
मुलुकमा हत्या, हिंसा, अत्यचार, बलात्कार, भष्ट्रचार बढिरहेको भन्दै यसको अन्त्य नै हिन्दु संस्कार मात्रै हुने दावी उनीहरुको छ । कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष खड्कराज पौडेलले जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन आग्रह गरे । हिन्दुराज्य राष्ट्रियतासँग गाँसिएको छ पौडेलले भने, “गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृति प्रति दिनप्रतिदिन प्रहार भइरहेको छ ।” हिन्दु राज्य घोषणा नहुने समयसम्म हाम्रो लडाई निरन्तर रहने पौडेलले बताए ।
देशभरका हिन्दुहरुको मागलाई दलिय सरकारले पुरा नगरेमा आन्दोलनको आँधीबेरी आउने चेतावनी पौडेलले दिए । दुईदिन अगाडी हिन्दुत्वको बर्खिलापमा वोलेका पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई समेत जेल हाल्न पौडेलले सरकारसगँ माग गरे ।
कार्यक्रममा विश्वहिन्दु महासंघका सल्लाहकार चैतन्यकृष्ण महाराज, शंकरप्रसाद पाण्डे, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, विश्व हिन्दु महासंघ युवा संगठनका अध्यक्ष सागर थापा, केन्द्रिय सदस्य शंकर खराल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, कास्कीका जिल्ला अध्यक्ष पार्वता पौडेल, जिल्ला अध्यक्ष हरीहर पाण्डे, सचिव पदमप्रसाद पाण्डे र कोषाध्यक्ष सरिता पौडेल लगायतका बक्ताहरुले विभिन्न बहानामा हिन्दु धर्ममाथीको प्रहार सह्रय नहुने बताएका थिए ।
विभिन्न जातजातीका झाँकीसहित नगरपरिक्रमा गरिएको थियो । नगर अधिवेशनले सीताराम अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
असोज १५, २०८१ मंगलबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १५, २०८१ मंगलबार
नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर
असोज १५, २०८१ मंगलबार
कस्तो छ आज देशभरको मौसम ?
असोज १५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
असोज १४, २०८१ सोमबार