‘डबल डीजीट’को पहिरो जाँदा पनि प्रभु बैंकको शेयरमा लगानीकर्ताको आँखा
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २२:३८:४३
२२ भदौ, काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । लगातार घटिरहेकाे र केहि दिन बढेजस्ताे हुने बजार आज पनि डबल डीजीटमा घटेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।
स्टकका अनुसार कारोवार भएक कूल ११ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत् १२.९२, वित्त ०.२९, निर्जीवन बीमा १०२.२९, उत्पादन १२.५९, अन्य ७.१५, लघुवित्त ७.५, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक रु एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक रु ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट रु ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५.२६, राधी विद्युत् कम्पनी ४.४४, सानिमा इक्विटी फण्ड २.९८, गुडविल फाइनान्स २.२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ८.४९, युनिभर्सल पावर कम्पनी ८.२३, सिन्धु विकास बैंक ७.४०, नेशनल लाइफ इन्सुरेन्स ६.८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार