अग्रज, शहीद परिवार, द्वन्द्वकालका घाइतेहरुको विचार समेट्ने गरी कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान सुरु
नेपालबहस संवाददाता
भदौ २४, २०७६ बुधबार १:१३:१८
मिना कंडेल
२४ भदौ, नवलपुर । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारबाट देशव्यापी रूपमा एकसाथ प्रारम्भ भएको छ । बीपी कोइरालाको १०६ औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा जम्मा ३४ हजार विरुवा देशभरि रोपेर अभियानको उद्घाटन गरिएको छ । यता नवलपुर जिल्लामा पनि ४ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिसहित वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्वर १ प्रदेश समिति क गैँडाकोट ७ मा रहेको नारायणी माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपण गर्दै जागरण अभियान सुरु गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि शंकर पाण्डेको उपस्थितिमा १०६ वटा विरुवा बृक्षारोपण गरिएको हो । त्यसै गरि नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्वर १ प्रदेश समिति ख कावासोती १३ लौखानीमा पनि केन्द्रीय प्रतिनिधि रघुनाथ पौडेलको संयोजनमा बृक्षारोपण गरिएको छ ।
त्यसै गरी कांग्रेस निर्वाचन क्षेत्र नम्वर २ प्रदेश समिति क को मध्यविन्दु ३ जनता माध्यामिक विद्यालय ईटौराको परिसरमा वृक्षारोपण गरिएको छ । नेपाल महिला संघको केन्द्रिय उपाध्यक्ष सरस्वती अर्याल र प्रदेश सांसद विष्णु लामिछानेको संयोजकत्वमा वृक्षारोपण गरिएको हो । त्यसैगरि कांग्रेस निर्वाचन क्षेत्र नम्वर २ प्रदेश समिति ख मा केन्द्रिय प्रतिनिधि शंकरकान्त जोशीको उपस्थितिमा वृक्षारोपण गरिएको छ ।
मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगेर निर्वाह गरिसकेका छन् । जसमा संघिय क्षेत्र नं १ अन्र्तगत क प्रदेशमा खेम सापकोटा र प्रदेश ख मा तीर्थराज चापागाई अध्यक्षमा सम्पन्न भएको छ । त्यस्तै संघिय क्षेत्र नं २ मा प्रदेश क को अध्यक्षमा धन सिहंचन्द्र वोहोरा र ख प्रदेशमा कृष्ण प्रसाद तिवारी प्रदेश अध्यक्षमा वृक्षारोपण गरिएको हो ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुने प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिए । अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, शहीद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं कांग्रेसका लागि सल्लाह सुझावहरु संकलन गरिने उनले बताए ।
पन्ध्र दिने अभियानको अन्तिम दिन आगामी असोज ७ गते विभिन्न पाँच मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ जनप्रदर्शन गरिनेछ । कांग्रेसले स्वदेश र विदेशमा सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार