गण्डकी प्रदेशका स्थानीय तहमा अत्याधिक अनिमियता, नवलपुरमा १६ प्रतिशत भ्रष्टाचार
नेपालबहस संवाददाता
भदौ २५, २०७६ बिहिबार ३:३२:३१
मिना कंडेल
२५ भदौ, नवलपुर । गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ स्थानीय तहमा कस्तो अनिमियता छ त्यस्को छानबिन गर्ने लेखा समितिले जनाएको छ । तीन सदस्यीयमा आएको समितिले नवलपुर, तनहुँ र गोरखा तिन जिल्लाको अनिमियताको बारेमा अनुगमन समेत गरेको जनाएको छ । नवलपुरमा १६ प्रतिशत भ्रष्टाचार भएको जनाइएको छ । सबैभन्दा बढी गोर्खा जिल्लामा अनुदानमा अनिमियता देखिएको बताइएको छ । नवलपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रममा हिजोभन्दा आज भ्रस्टाचार मौलाउदै गएको र सघियता समेत खतरामा पुगेको जनाएका छन् । नवलपुरमा पनि कृषि मोडेल फर्महरु रहेको र अनुदान रकम प्रभावकारी भय, नभयको सरोकारवालाले जानकारी गराउनु समितिले अनुरोध गरेको छ ।
राज्यका हरेक नागरिकले नीति निर्माण तहमा के भइरहेको छ भन्नेबारे सहजै जानकारी हासिल गर्न पाउनु नैसर्गिक अधिकार भएको सार्वजनिक लेखा समिति गण्डकी प्रदेशसभा सचिवालयका अधिकृत प्रमानन्द लम्सालेले बताएका छन् ।
जुनसुकै सार्वजनिक पद धारण गरेको व्यत्तिमा पारदर्शिता, सार्वजनिक उत्तरदायित्व, प्रभावकारिता, कानुनको शासन तथा भ्रष्टाचार नियन्त्रमा मा उतिकै महत्वपुर्ण भुमिका रहेने उनले उल्लेख गरेका छन् । गण्डकी प्रदेस सभा सार्वजनिक लेखा समितिको आयोजनामा बुधवार कावासोतीमा भएको सुशासन कायम र भ्रष्टाचार नियन्त्रण को लागि सरोकारवाला हरु सङ्ग अन्र्तकृया कार्यक्रममा सो विचार व्यतm गरेका हुन् ।
यस्तै कार्यक्रममा सुशासन शासन व्यवस्था तथा सरकारको चाहना, लक्ष्यको रूपमा स्थापित भइसकेको सन्दर्भमा समग्र सुशासन स्थापनामा स्थानीय सरकारको भूमिका अपरिहार्य र महत्वपूर्ण रहने प्रदेश सांसद विष्णु लामिछानेले बताएका छन् । संविधानले स्थानीय प्रकृतिका सेवासुविधा प्रवाह गर्ने जिम्मेवारी र स्थानीय स्तरमा हुने विकास निर्माणका कार्यसमेत स्थानीय सरकारलाइ प्रदान गरेको हुनाले भ्रष्टाचार नियन्त्रण गर्न सवै तहका व्यतिm विशेष लाग्नु पर्नैमा लामिछानेले जोड दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पारदर्शिताको अभाव, जनसहभागिता र जवाफदेहिताको कमजोर अवस्था, उत्तरदायी नेतृत्वको अभाव, कानुनको पूर्ण पालना अभावजस्ता कमजोरीका कारण स्थानीय निकायमा सुशासन कमजोर वन्दै गएको बताए । विधि र प्रकृयालाई आत्मसाथ गरि आ–आफ्नो उत्तरदायित्व र कर्तव्यलाइ नविर्सने हो भने भ्रष्टाचार नियन्त्रण आफै हुने उनको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्व्य प्रमुख चेसराम आलेले समन्वय समितिको कार्यलयमा प्रदेस शभाबाट बजेट विनियोजित नहुँदा आफुहरुलाई कार्य सम्पादनमा हम्मे–हम्मे पर्नै गरेको बताए । जिल्ला समन्वय समितिले आर्थिक रुपमा कमजोर भएकाले चाहेर पनि केहि गर्न नसक्ने र आफ्ले टुलु–टुलु हेरेर वस्न वाध्य भएको बताए ।
प्रदेशसभा सचिवालयका अधिकृत प्रमानन्द लम्साल, समितिका सदस्य रामजी बराल, राम बहादुर गुरुङको टोलिले सुसासन कायम र भ्रष्टाचार निवारण सम्वन्धि प्रतिवेदन भाद्र महिना भित्रमा पेश गर्ने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध
कात्तिक ९, २०८१ शुक्रबार
सत्ता समीकरण दलहरुको बैठक बस्दै
कात्तिक ९, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छबीको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
ज्वालामाई गणका एसपी थापा विवादमा, बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
कञ्चनपुरमा एक दम्पतीको हत्या, घटना शंकास्पद
कात्तिक ९, २०८१ शुक्रबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
मस्क र अम्बानीबीच 'अन्तरिक्ष इन्टरनेट' युद्ध
कात्तिक ९, २०८१ शुक्रबार