मलेसियाको रोजगारी खुल्यो,शुन्य लागतमा मलेसिया जान पाउने
नेपालबहस संवाददाता
भदौ २६, २०७६ बिहिबार २१:४३:४७
२६ भदौ,काठमाडौं । विगत डेढ वर्षदेखि अवरुद्ध मलेसियाको रोजगारी खुल्ने भएको छ । यस सम्बन्धमा नेपाल र मलेसियाका अधिकारीबीच आज क्वालालम्पुरमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
दुबै मुलुकका श्रम मन्त्रालयका सहसचिव स्तरमा भएको सहमति अनुसार नेपाली कामदार शून्य लागतमा मलेसिया जाने पाउनेछन् । नेपाली कामदारका लागि आवश्यक सबै खर्च मलेसियाली रोजगारदाता कम्पनीले व्यहोर्ने छ । रोजगारीका लागि मलेसिया उड्नु अघि आवश्यक मेडिकल खर्चसमेत कामदारले पहिलो महिनाको तलबमै जोडेर पाउने व्यवस्था गरिएको छ । यसबाट नेपाली युवालाई ठूलो राहत हुने श्रम मन्त्रालयले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।
लामो समय मलेसियाको रोजगारी अवरुद्ध हुँदा दुबै मुलुकलाई समस्या परेको थियो । यसका लागि दुबै पक्षबीच पटक पटक छलफल भएको थियो । यसपाला भने दुबै मुलुकका सहसचिवस्तरीय छलफलले समस्याको हल निकालेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव रामप्रसाद घिमिरेले गरेका थिए । मलेसिया नेपाली कामदारको सबैभन्दा ठूलो रोजगारदाता हो । नेपाली कामदारलाई मलेसियाली रोजगारदाता कम्पनीले विभिन्न वहानामा आर्थिक शोषण गरेको भन्दै नेपाल सरकारले ०७५ जेठ १२ देखि श्रम स्वीकृतिमा रोक लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार