कतै अपहरण, कतै करणी , कतै लुटपाट त कतै गुण्डागर्दी !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ २६, २०७६ बिहिबार २३:२८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/police-news-photo_XWOcHFZi2b.jpg)
निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ
२६ भदौ,काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका-२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका-८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका-१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनहरुसहित प्रहरीले पक्राउ गरेको हो ।
निर्माण व्यवसायीलाई सोही महानगरपालिका-९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बालिकामाथि जबरजस्ती करणी गर्ने पक्राउ
कञ्चनपुर । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
झापा । कन्काई नगरपालिका-२ स्थित धनुषकोटी बस्ने ३२ वर्षीय डम्बरबहादुर राई समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय धनबहादुर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा ईलामबाट काठ तस्करी गरी ल्याउँदै गरेको भन्ने सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिले थाहा पाई गस्ती गर्दै जाँदा तस्करहरुले उपभोक्ता समितिका डम्बर बहादुर समेतका ३ जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले १०x१२ क्यु फिट काठसहित खुकुरी प्रहार गर्ने मध्येका धनबहादुरलाई पक्राउ गरेको हो ।
घाइतेहरूको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
सुनको सिक्री ठगी
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित सडक पेटीबाट सोही ठाउँ बस्ने ८२ वर्षीय पुरुषको करिब १ लाख रुपैयाँ मूल्य बराबरको १.५ तोलाको सुनको सिक्री बुधबार बिहान ठगी भएको छ । करिब ३५ वर्षीय अपरिचित २ जना पुरुषहरुले नक्कली सुनको बिस्कुट देखाई प्रलोभनमा पारी उनको हातमा लगाएको उक्त सुनको औंठी ठगी गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
पहिरोमा परी दुई जनाको मृत्यु
रुकुम ,पश्चिम । मुसीकोट नगरपालिका-१० चुन भन्ने स्थानमा बुधबार साँझ पहिरोमा परी सोही ठाउँ बस्ने दिलबहादुर बिककी १२ वर्षीया छोरी दिलमाया बिक र सोही ठाउँ बस्ने रणबहादुर कामीको १० वर्षीया छोरी साबित्री बिकको मृत्यु भएको छ ।
स्कूलबाट घर फर्कदै गर्दा पहिरोमा परी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झुलखेतबाट तत्काल खटिएको प्रहरीले पहिरो गएको स्थानमा आवश्यक उद्धार कार्य गरिरहेको छ ।
सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौं । रौतहट, चन्द्रपुर नगरपालिका-२ जुडिबेलास्थित सडकमा ना.१ ह ९९३० नम्बरको ट्याम्पोले ठक्कर दिँदा बुधबार साँझ गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साईकलयात्री ५० वर्षीय सानुराम चौधरीको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्याम्पो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरी, मठियानी नगरपालिका-२ स्थित सडकमा ज.१ ह २८०७ नम्बरको ट्याम्पोले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ आबर बस्ने पैदलयात्री ५५ वर्षीय छिवन यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनमा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय संजय साहको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याम्पो नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका-१ पिडारी बस्ने जादो लाल रामको छोरा ४ वर्षीय छोरा रितेश रामको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बुधबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रितेशको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, भोक्राहा नर्सिंङ गाउँपालिका-५ जनता चोकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने १९ वर्षीय अभिनाश चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
आगलागीबाट विभिन्न धनमाल नष्ट
काठमाडौं । दाङ, बङ्गलाचुली गाउँपालिका-५ कुडुले बस्ने ४० वर्षीय ओबिराम ओलीको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सप्तरी, राजबिराज नगरपालिका-७ खर्साल टोल डेरा गरी बस्ने कैलाली नारायणपुर गाउँपालिका-७ का ३८ वर्षीय सोवन परियारको कोठामा बुधबार साँझ फ्रिजको तार सर्ट भई आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ र विभिन्न सामानहरू समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सप्तरी, छिन्नमस्ता गाउँपालिका-२ रामपुरा बस्ने प्रमोद दासको घरमा बिहीबार बिहान आगलागी भई बस्तीमा फैलिएर ३ जनाको ३ वटा घर जली करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सप्तरी, अग्निसाइर कृष्णासबरण गाउँपालिका-५ धिमार टोल बस्ने ३५ वर्षीय सन्तोष कुमार लेखीको जस्ताको छानो भएको घरमा बुधबार साँझ आगलागी हुँदा घर, फोटोकपी मेशिन, प्रिन्टर र किराना सामाग्री समेत जली करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार