साताभर बिरामी झैं देखिएको शेयर बजार द्रुत गतिमा ओह्रालो तर्फको यात्रा गर्दै बिदा
नेपालबहस संवाददाता
भदौ २६, २०७६ शुक्रबार ४:२९:५५
२६ भदौ, काठमाडौं । यो साता डेङ्गुको त्रास बढेर मानिसहरुको लाइन हस्पिटल र क्लिनिक तिर सरेपछि चम्किन नसकेको शेयर बजारमा झन निरासा थप्दै साताको अन्तिम दिनले बिदा लियो । देशभर महामारिको रुपमा फैलिएको डेङ्गुका कारण बजारमा लगानीकर्ताको लाइन कम हुन पुगेको एक शेयर विश्लेषकले नेपाल बहसलाई बताए । यस साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार आज अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.९८ अङ्कले घटेर २५३.७९ मा रोकिएको छ । आज कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद बिक्री भए । आज कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ २.७९, होटल २४.५३, विकास बैंक २.६९, जलविद्युत् ९.३४, वित्त १.१, निर्जीवन बीमा ३४.२५, उत्पादन १८.२१, अन्य ५.६८, लघुवित्त ६.४१, जीवन बीमा ३३.८६ र सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ ।
स्टकका अनुसार कारोवार रकमका आधारमा आज लक्ष्मी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको संस्थापक शेयर रु चार करोड ७० लाख आठ हजार ३०४ मा खरीद बिक्री भयो । यस्तै एनआइसी एशियाको रु तीन करोड ५४ लाख ७६ हजार ५७०, कुमारी बैंकको रु दुई करोड ६२ लाख सात हजार ४९७, नेपाल बैंकको रु दुई करोड दुई लाख ३० हजार चार र छिमेकी लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड ४९ लाख ४६ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
परिसूचक घटे पनि कालिका पावर कम्पनीका शेयरधनीले पाँच प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ३.१४, नाग्दी ग्रुप पावर ३.०९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था २.९८ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतले कमाए ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ६.७९, हिमालय ऊर्जा विकास कम्पनी ६.५०, नेपाल इन्स्योरेन्स कम्पनी ५.०१, अरुण काबेली पावर ४.८६ र घलेम्दी हाइड्रो लिमिटेडको शेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
नेप्से परिसूचकमा ७८.१७ अंकको सुधार, ८ अर्ब १६ करोडका शेयर खरिदबिक्री
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार