प्रहरी समाचार : अपहरण, दुर्घटना र मृत्युका सबै खबर एकैठाउँमा
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शनिबार ०:५९:५९
अपहरण गरी फिरौती रकम माग गर्ने ४ जना पक्राउ
२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३८ वर्षीय एल्लि गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका–४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशिल उप्रेती रहेका छन् ।
उनीहरुले एल्लि गुरुङलाई ग.१ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि उक्त रकम फिरौती मागेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्लि गुरुङलाई उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको थियो ।
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं महानगरपालिका–१४ कलंकीबाट नियन्त्रित लागूऔषध नोर्फिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजेपाम ५० एम्पुल सहित बारा परमानिपुर–४ का ५६ वर्षीय शिबनारायण साह तेलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित न्यू पंचकोशी पन्त रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका बस्ने दैलेख दुल्लु नगरपालिका–४ का २९ वर्षीय ढकेन्द्र विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो ।
कास्की, पोखरा महानगरपालिका–१४ चाउथेबाट नवलपरासी(पश्चिम सुस्ता गाउँपालिका–५ महलबारी बस्ने २० वर्षीय प्रह्लाद कोहारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र मोबाइल २ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
श्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ सहित पक्राउ
रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाईपासबाट श्रोत नखुलेको नगद ३८ लाख ९३ हजार १ सय नेपाली रुपैयाँ र नगद १ लाख २ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत महाराजगंज नौतवना बस्ने २४ वर्षीय रितेश कुमार मधेसिया र २४ वर्षीय निरज कुमार अग्रहरि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ वाई ७०४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त नगद फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने पाँचथर घर भएकी ४७ वर्षीया गिता लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा गिता लिम्बु समेत ५ जनालाई नगद ३७ हजार १ सय ६५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विचौलियाको काम गर्ने कार्यमा संलग्न ५ जना पक्राउ
ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात कार्यालयमा विचौलियाको काम गर्ने कार्यमा संलग्न ललितपुर जावलाखेल बस्ने धादिङ घर भएका ४४ वर्षीय सुवर्ण थापा सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
सप्तरी र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सप्तरी, कंचनरुप नगरपालिका–८ नन्दलाल चोकमा बा.९१ प १७३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने २० वर्षीय त्रिभुवन चौधरी र २५ वर्षीय रुपेश चौधरीलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजबिराजतर्फ लैजाने क्रममा दुबै जनाको बाटोमै मृत्यु भएको छ ।
यसैगरी सप्तरी, कंन्चनरुप नगरपालिका–७ आदर्श टोलमा ना.१ क ७९८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री राजबिराज नगरपालिका–१० बिगवा बस्ने २० वर्षीय मनोज रामको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, दुहबी नगरपालिका–३ मैनाबत्ती फ्याक्ट्रिस्थित सडकमा को.१ क ११८८ नम्बरको बसले को.१३ प ४७५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दुहबी नगरपालिका-४ बस्ने ३६ वर्षीय जयनारायण चौधरीको ईटहरीस्थित एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वनाएको छ ।
पहिरोमा परी मृत्यु
तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान लु.१ ज २६१७ नम्बरको जिपमा सडक माथिबाट ढुङ्गा सहितको पहिरो आई जिप च्यापिँदा जिपचालक रुपन्देही तिलोत्तमा नगरपालिका बस्ने २६ वर्षीय कमल परियारको घटनास्थलमै मृत्यु भएको छ ।
सोही पहिरोमा परी लु.२ च ५९३८ नम्बरको स्कारपियो समेत च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी दोभानबाट खटिएको संयुक्त टोलीले घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी उपचारको लागि बुटवल पठाएको थियो ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका–६ वौद्ध रामहिटी डेरा गरी बस्ने ४८ वर्षीय ताइवानी नागरिक लिसु सेङको कोठाबाट नगद ५० हजार रुपैयाँ र अमेरिकी डलर १ हजार बिहीबार साँझ चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–२ सानेपा बस्ने अमेरिकी नागरिक बेनियरको कोठाबाट अमेरिकी डलर १५ हजार, मोबाइल २ थान र सुनको ब्रास्लेट १ थान समेत गरी करिब २२ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका–१२ ठेचोस्थित दिनेश लोहारको ईमानुएल ज्वेलर्सबाट सुन ३ तोला, चाँदीका विभिन्न गरगहना गरी अन्दाजी ५० तोला समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं महानगरपालिका–२६ सातघुम्तीस्थित नुवाकोट घर भएका रञ्जन न्यौपानेको लेडिज लन्ज विथ डान्स बारमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ओखलढुंगा, शिद्धिचरण नगरपालिका–१० बेतिनी बस्ने बेदप्रसाद धमलाको घरमा शुक्रबार बिहान आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुम, आठराई गाउँपालिका–४ ईवाको भदौरे टोल बस्ने दिपक थापा मगरको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी तेह्रथुम, फेदाप गाउँपालिका–१ सिम्ले बस्ने फुलमाया लावतीको घरमा बिहीबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार