विश्व प्रेस काउन्सिलको महासचिव राष्ट्र बन्यो नेपाल
नेपालबहस संवाददाता
भदौ २८, २०७६ शनिबार १४:२०:४६
२८ भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपाल विश्व प्रेस काउन्सिलको महासचिव राष्ट्रमा चुनिएको छ । हाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षको जिम्मेवारी किशोर श्रेष्ठले सम्हाल्दै आएका छन् । उनैको नेतृत्वमा रहेको काउन्सिलको प्रतिनिधि मण्डलले शुक्रबार अजरबैजनको राजधानी बाकुमा सम्पन्न विश्व प्रेस काउन्सिलको साधरण सभामा भाग लिएको थियो ।
हरेक देशमा रहेको प्रेस काउन्सिलको नेतृत्व जसले गरेको छ सोही व्यक्तिले यो जिम्मेवारी वहन गर्ने प्रचलन रहेको छ । हाल नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ रहेका छन् । सोही कारण विश्व प्रेस काउन्सिलको महासचिवमा उनी चयन भएका हुन् । नेपालले पाएको यो जिम्मेवारी नेपाल र नेपाली पत्रकारीता क्षेत्रको गर्वको विषय बनेको छ ।
नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्रा.डा. सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा. तामेर अताबारुत (टर्की) चयन भएका छन् ।
सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार