निग्लिहवामा भाद्र पूर्णिमा उत्सव
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १३:११:२०
२९ भदौ, बुटवल । लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो ।
लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग सम्बन्धित स्थानमा आयोजना गरिने पाँचौँ पूर्णिमा उत्सव निग्लिहवामा आयोजना गरिएको हो ।
बुद्धको जीवनीमा पूर्णिमाले निकै महत्व राख्ने भएकाले हरेक महीनाको पूर्णिमालाई उत्सवको रूपमा मनाउने कार्यक्रम लुम्बिनी भ्रमण वर्ष २०७६ मा पनि समावेश गरिएको छ ।
निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थानको रूपमा इशा पूर्व २४९ मा सम्राट अशोकले आफै आएर खडा गरेको शिलास्तम्भमा कुँदिएको छ । हाल उक्त स्तम्भ भाँचिएर दुई टुक्रामा रहेको र लुम्बिनी विकास कोषले संरक्षण गरिराखेको छ ।
आशोक स्तम्भमा स्तुपलाई दोस्रोपटक ठूलो बनाउन लगाइएको अभिलेख रहेको प्रसिद्ध चिनियाँ यात्रीहरु फासियन र हयुएन शाङले समेत आफ्ना यात्रा वर्णनमा कनकमुनि बुद्धको स्तुपमा भ्रमण गरेको उल्लेख गरेको पाइन्छ ।
पुरातत्वविद डा फुररले आफ्नो दुईपटकको अनुसन्धान प्रतिवेदनमा निग्लिहवामा कनकमुनि बुद्धका ठूलो स्तुपा रहेको र उक्त स्तुप पूर्वी भागमा पोखरी निर्माणका क्रममा क्षति भएको हुनसक्ने अनुमान गरेका छन् ।
सङ्घीय सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रूपमा अगाडि सारेको अवस्थामा प्रदेश नं ५ सरकारले भ्रमण वर्षलाई साकार पार्न लुम्बिनी भ्रमण वर्ष–२०७६ को आयोजना गरेको हो । भाद्र पूर्णिमा उत्सवको शनिबार प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे।
कार्यक्रममा मन्त्री गिरीले बुद्धसँग सम्बन्धित यस क्षेत्रका अपार सम्पदाको उत्खनन, संरक्षण र प्रचारप्रसार गर्ने कार्यमा प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।
मन्त्री गिरीले पर्यटकीय क्षेत्रहरुको समृद्धि र विकास गर्दा स्थानीय जनताको भावनाविपरीत हुननसक्ने बताउँदै स्थानीयको सम्पत्तिको क्षतिसँगै ती स्थानहरुमा बन्ने संरचनामा स्थानीयवासीलाई हरेक हिसाबले प्राथमिकता दिने नीति बन्ने स्पष्ट पारे ।
उहाँले बुद्धका शृङ्खला, भौतिकरूपमा रहेका भग्नावशेष, सम्पदाको यथार्थ अनुसन्धान गरेर विश्वसामु प्रचारप्रसारका माध्यमबाट जानकारी गराउने र विश्वभरिका पर्यटक आउने वातावरण निर्माण गर्नु प्रमुख कर्तव्य ठानेर सरकारले काम गरेको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विकास कोषले कपिलवस्तुका महत्वपूर्ण सम्पदाको विकास र संरक्षणमा चासो दिएर काम अघि बढाएको बताए । कार्यक्रममा प्रदेशसभाका सदस्य दीर्घनारायण पाण्डेले प्रदेश सरकार लुम्बिनीसँगै कपिलवस्तुका बुद्ध क्षेत्रहरुको विकासमा अग्रसर रहेको बताए ।
उक्त अवसरमा प्रदेशसभाका सदस्य अर्जुन केसी, धरमबहादुर लाल श्रीवास्तव, सहश्रराम यादव, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सरकारले कपिलवस्तुमा रहेका महत्वपूर्ण सम्पदाको विकासमा चासो दिन आग्रह गरे । सो अवसरमा निग्लिहवामा निर्माण गरिएको अशोक स्तम्भ संरक्षित क्षेत्रमा दीप प्रज्वलन र स्थानीय आमा समूहले बुद्धको जीवनीसँग जोडेर भजनसमेत प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार