आँधीखोला लघुवित्तका कर्मचारीलाई जोखिम न्युनिकरण तालिम
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार २२:९:४१
३० भदौ, स्याङ्जा । आँधीखोला लघुवित्त संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड तथा अभिलेख व्यवस्थापन र जोखिम न्युनिकरण तालिम प्रदान गरेको छ । १० जिल्लाका १९ कार्यालयका २४ जना कर्मचारीलाई लघुवित्तले उक्त तालिम प्रदान गरेको हो ।
स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले लगानी र वचतलाई सुक्षित बनाउन महत्वपूर्ण भुमिका कर्मचारीको हुने हुदा तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले जानकारी दिए ।
संस्थाले दुईदिनसम्म कर्मचारीलाई तालिम प्रदान गरेर संस्थालाई मजबुद बनाउने अभियान सहित आगामी दिनका लागि अगाडी बढेको केसीको भनाई छ । तालिमको सहजीकरण संस्थाका विभिन्न विभागीय प्रमुख बावुराम कुँवर, खेमनारायण रेग्मी, कुलदेव लामिछाने र खगराज मरासिनीले गरेका थिए । संस्थाले हाल सम्म १५ हजार सदस्यलाई ७१ करोड कर्जा लगानी र २४ करोड बचत परिचालन गरेको संस्थाका अध्यक्ष नरेश केसीले जानकारी दिए ।
संस्थाको चुक्त पुँजी १० करोड रहेको छ भने भर्खरै शेयर बजारमा प्रवेश गरेको अध्यक्ष केसीको भनाई छ । अत्यन्तै चनाखो र सबै सगँ हातेमालो गरेर काम गर्न कर्मचारीलाई अध्यक्ष केसीले निर्देशन समेत दिएका छन् । गएको आर्थिक बर्षमा संस्थाले करिव २ करोड मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार