वालिङबासीलाई गरिमा बैंककाे फिल्टर सहयाेग
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार २३:५५:४५
३० भदौ, स्याङ्जा । बैंकहरु कमाउन मात्र होइन सामाजिक सहयोगमा पनि तल्लिन हुन्छन् भन्ने उदाहरण देखिन थालेको छ । यसको पछिल्लो उदाहरण हो गरिमा विकास बैंक । स्याङ्जाको वालिङबाट स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेर सामाजिक उदाहरण प्रस्तुत गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख बराबरको आर्थिक सहयोगबाट खानेपानी फिल्टर खरिद गरिएको हो । बैंकको ८३ औं शाखा वालिङ १३ झोलुङ्गेमा उद्घाटन गर्ने क्रममा बैंकले खानेपानीलाई फिल्टर सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।
वालिङ १० फूलबारीमा रहेको खानेपानी ट्याङ्कीमा हालै जडान गरिएको फिल्टरको उद्घाटन वालिङ नगर प्रमुख तथा बैंकका पुर्व अध्यक्षसमेत रहेका दीलिपप्रताप खांँणले गरे । बैंकले पानी शुद्धीकरणका लागि फिल्टर सहयोग गरी वालिङबासी उपभोक्ताहरुलाई स्वच्छ र सफा पानी उपभोग गर्ने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको खाँणले बताए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वालिङ साना शहरी खानेपानीलाई ब्यवस्थित गर्नका लागि खेलेको भूमिकाको खाँणले प्रशंसा गरे । बैंक कमाउमा मात्रै उद्त हुन्छन् भन्ने विषयलाई उदाहरण देखाएर सहयोगी भुमिका खेलेको चर्चा गर्दै अन्य बैंकले पनि यस्ता सहयोगी भावनाहरु अगाडी बढाउन आग्रह गरे ।
बैंकले वालिङबासीले प्रयोग गर्ने खानेपानीलाई अझै शुद्धता गर्न फिल्टर सहयोग गरेकोमा साना शहरीका अध्यक्ष विद्या श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए । आगामी दिनमा पनि बैंकबाट सहयोग हुने अपेक्षा श्रेष्ठको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार