बाढी पूर्वानुमानले निकाल्यो सूचना : मुलुकभर निरन्तर मनसुनी वर्षा !
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १६:३१:५८
१ असोज, काठमाडौं । सोमबारदेखि मुलुकभर मनसुनी वर्षा निरन्तर भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले मुलुकभर बदलीसँगै वर्षा भइरहेको हो ।
भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मुलुकभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पोखरेलले बताए ।
मनसुनको न्युन चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालको खाडीलाई बुझिन्छ ।
यस्तै गरी जल तथा मौसम पूर्वानुमान विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले बुधबार र बिहीबार देशका पूर्वदेखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।
शाखाले कोसी, बाग्मती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरुण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ भई बहने नदीमा बहाव बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
सूचना हेर्नुहोस् :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार