आज दिउँसोदेखि मौसममा सुधार आउँछ !
नेपालबहस संवाददाता
असोज २, २०७६ बिहिबार १३:३५:३१
२ असोज, काठमाडौं । सोमबारबाट लगातार रुपमा भइरहेको मौसम बदली बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए ।
उनका अनुसार सुदूरपश्चिम क्षेत्र बाहेक अरु ठाउँमा आज पनि बिहानीपखको मौसम बदली भएर पानी परिरहेको छ । यो क्रम मध्यान्नसम्म जारी रहने र त्यसपछि मौसममा सुधार हुने मौसमविद प्रधानांगले बताए । उनले शुक्रबारदेखि मौसम पूर्ण रुपमा सुधार हुने देखिएको जानकारी दिए ।
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षा को सम्भावना छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशैभरी आंसिक देखि सामान्य वदली रही पुर्व तथा पश्चिमका केहि स्थानहरुमा वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण ४ गते (शनिबार)
राती: देशभर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी तथा पश्चिमी भु-भागका एक दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ५ गते (आइतवार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ६ गते (सोमबार)
दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका एक दुई स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार