कृषि उपज बिक्री केन्द्र संचालनमा आएपछि देबचुली नगरपालिकामा कृषकलाई राहत
नेपालबहस संवाददाता
असोज २, २०७६ शुक्रबार ०:५७:१२
मिना कंडेल
२ असोज, नवलपुर । कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले देबचुली नगरपालिकामा बुधवारबाट औपचारिक रुपमा कृषि उपज बिक्री केन्द्र संचालनमा आएको छ ।
देवचुली नगरपालिकासहित जिल्लाका पहाडी क्षेत्रका कृषकलाई आफूले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुगोस् भनेर बिक्री केन्द्र स्थापना गरि संचालनमा ल्याईएको संस्थाका अध्यक्ष हुकुमबहादुर सुवेदीले बताए ।
देवचुलि १३ का वडाअध्यक्ष क्यापटन डिलबहादुर खत्रीले कृषि उपज बिक्री केन्द्रमा पुजा गरि केही तरकारी खरिद गरेर औपचारिक रुपमा खुल्ला गरेका हुन् ।
उपज केन्द्रमा कृषि चौतारीका रुपमा मापदण्ड अनुसार कृषकलाई आफ्नो उपज बिक्रीका लागि सोहीअनुसार निःशुल्क उपलब्ध गराइने देवचुली नगरपालिका कृषि शाखाका नरेन्द्र भण्डारीले बताए । बाँकी रहेका स्थानका लागि निश्चत शुल्क लिएर कृषकलाई उपलब्ध गराउने भण्डारीले बताए ।
जिल्लाका पहाडी क्षेत्रको बजार आवतजावत गर्ने मुख्य मार्गमा पर्ने भएकाले सो क्षेत्रका कृषकलाई उपज बिक्री केन्द्र लाभदायी हुने अध्यक्ष सुवेदीले बताए । उनका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तला लगायतका कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा किसानले सस्तोमा बिक्री गर्नु परिरहेकाले यसको स्थापनाले किसानले बजारमा भण्डारण गरी सोही स्थानबाट बिक्री गर्ने सक्ने हुँदा कृषकलाई लाभ पुग्ने छ ।
सहकारीले कृषि उपज बिक्री केन्द्र सहित शित भण्डार र बीउ बैंक समेत स्थापना गरेको सहकारीका अध्यक्ष सुवेदीले बताए । रैथाने प्रजातिका बीउ हराउँदै जान थालेको भन्दै यसको संरक्षणका लागि बीउ बैंक स्थापना भएको उनले बताए ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको रु २४ लाख, देव प्रगति बहुउद्देश्यीय सहकारी संस्थाको रु. ४ लाख २७ हजार ७८४ र अन्य सहयोग गरी रु २९ लाख १४ हजार ५०३ को लागतमा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार