बढ्यो सरकारी डाक्टरमा विदेश मोह
नेपालबहस संवाददाता
असोज ४, २०७६ शनिबार १३:५३:४४
४ असोज, काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
राजधानी दैनिकले सरकारी डाक्टरको विदेश मोह शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख भए अनुसार विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले १ हजार जनसंख्या बराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको भएपनि नेपालमा भने यस्तो अवस्था देखिंदैन ।
तथ्यांक विभागका अनसार नेपालको जनसंख्या २ करोड ९६ लाख ९९ हजार ७४७ छ । यस आधारमा नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन । तर अझै पनि ५ हजार डाक्टर नेपालका अपुग रहेका छन् ।
तर पछिल्लो समय नोपालमा बिरामीको कन्तविजोग भइरहेका बेला भएका अधिकांश डाक्टर भने विदेश पलायन हुने क्रम बढेको छ । विदेशमा सुविधा र अवसरको पहुँचलगायत कारणले ४ सय चिकित्सकहरू विदेशिएका सरकारी चिकित्सक संघले जनाएको छ । विदेशिने चिकित्सकहरु खासगरी माल्दिभ्स, दुबई, साउदी अरब लगायतका देशमा जाने गरेको समाचारमा लेखिएको छ ।
नागरिक दैनिकमा पेन्सनधारीलाई पनि तलब शीर्षकमा मुख्य समाचार छ । समाचारमा लेखिए अनुसार दाङ जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्वशिक्षक हुन् । द्धितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि ०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए पनि पेन्सन बुझिरहेका छन् ।
प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको मासिक तलब ३६ तोकिएको छ । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासिक ३६ हजार रुपैयाँ तलब बुझ्नेको सूचीमा छन्।
तर स्थानीय तहका कर्मचारीको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिदिएको छ । यही व्यवस्थामा टेकेर शिक्षण पेसाबाट सेवा निवृत्त शर्माले पेन्सनबापत आउने रकम छोडिदिएर उपप्रमुखका लागि आउने सुविधामात्रै लिन थालेका छन् ।
यस्तै, आजको कान्तिपुर दैनिकमा गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको समाचार प्रकाशित भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ र दुई उपरीक्षक ‘एसपी’ सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ ‘ओएनएम’ नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए ।
यस्तैगरी आजको गोरखापत्रमा संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भएको समाचार प्रकाशित भएको छ । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।
विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्वपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् । केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् ।
राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।
संघीय संसद्ले चौथो अधिवेशनमा संघ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित ग¥यो । दुईवटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन ।
यस्तै आजको कान्तिपुर दैनिकमा यार्सागुम्बा बेचेर मोटरसाइकल किनेको समाचार प्रमुख प्राथमिकताका साथ प्रकाशित भएको छ । तिब्बतसँग जोडिएको गाउँ ।
मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।
डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । तर यो दुर्गम गाउँमा ३०० भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दुरीमा छ । यहाँका छ वटै वडामा मोटरसाइकल चलिरहेका छन् ।
स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्। । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् ।
र आजको अन्नपूर्ण पोष्टमा चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने शिर्षकमा समाचार प्रकाशित भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।
सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन ।
परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन् ।
सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए । भारत भ्रमण रद्ध भए सी असोज २५ मा नेपाल आउनेछन् ।
नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार