स्थानीयस्तरमा खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता
नेपालबहस संवाददाता
असोज ४, २०७६ आइतबार ३:४६:४४
४ असोज कावासोती । स्थानीयस्तरमा खेलाडी उत्पादनका लागि नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा ‘प्रथम मध्यविन्दु कप फुटबल’ प्रतियोगिता हुने भएको छ ।
मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित खेल मैदानमा यही असोज १२ गतेबाट हुने प्रतियोगितामा १६ वटा समूहको सहभागिता रहने आयोजक संस्था नवजागरण माध्यमिक विद्यालय खेलमैदान स्तरोन्नति समितिका अध्यक्ष घनश्याम पौडेलले बताए ।
प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाबाट समूहहरूको सहभागिता रहने अध्यक्ष पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिए । स्थानीय तह मध्यविन्दु नगरपालिका लगायत विभिन्न सङ्घसस्थाको सहयोगमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेता हुने समूहले रु दुई लाख २२ हजार २२२ र उपविजेता हुने समूहले रु एक लाख ११ हजार १११ प्राप्त गर्ने उनले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने अध्यक्ष पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब रु ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जसमा मध्यविन्दु नगरपालिकाले रु पाँच लाख ५० हजार र अन्य खर्च यहाँका सामुदायिक वन, विभिन्न उद्योगी, व्यवसायी र समाजसेवीबाट सङ्कलन गरिने जनाइएको छ ।
स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष पौडेलले बताए । आगामी वर्षहरूमा नियमित रूपमा घटस्थापनाका दिनदेखि शुरु हुने गरी प्रतियोगिता सञ्चालन गरिने समेत उनले बताए ।
७५ लाखमा खेल मैदान निर्माण
यसैबिच, नवलपरासीको मध्यविन्दु नगरपालिकामा रु ७५ लाखको लागतमा खेलमैदान निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिका–७, चोरमारामा स्थानीय सरकार, सङ्घीय सरकार र विभिन्न समाजसेवीको लागतमा चोरमारा खेलमैदान निर्माण गरिएको छ ।
खेलक्षेत्रको विकासका लागि खेलमैदान निर्माण गरिएको नवजागरण माध्यमिक विद्यालय खेल मैदान स्तरोन्नति समितिका अध्यक्ष घनश्याम पौडेलले बताए । मध्यविन्दु नगरपालिकाबाट रु ३५ लाख, सङ्घीय सरकारको सांसद विकास कोषबाट रु १० लाख, पूर्वसांसद कृष्णप्रसाद पौडेलबाट रु दुई लाख, नवजागरण माध्यमिक विद्यालयबाट रु पाँच लाख, चोरमारा युवा क्लबबाट रु चार लाखलगायत अन्य विभिन्न सङ्घसंस्थाको सहयोग गरी कूल रु ७५ लाखको लागतमा खेलमैदान निर्माण गरिएको अध्यक्ष पौडेलले बताए ।
खेलमैदान निर्माण गरिएसँगै जिल्लास्तरका विभिन्न खेल खेलाउन सकिने हुँदा सहजता हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
पुष १८, २०८१ बिहिबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार