जापान उडान : रित्तै जान्छ, रित्तैजस्तै आउँछ !
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १३:५८:५५
५ असोज, काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले रित्तै उड्नु छ जापान शीर्षकमा समाचार छापेको छ । सुन्दा गर्वै लाग्छ–नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो। ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’
नागरिक दैनिकले डेंगु संक्रिमतको उपचारमा लापरबाही बिरामी महँगो उपचार गराउन बाध्य शीर्षकमा समाचार छापेको छ । समाचार स्रोतका अनुसार डुेंगु संक्रमित धनगढी घोडाघोडी नगरपालिका–२ साढेपानीका ३९ वर्षीय धनीराम सदगवा चौधरी निसर्ग अस्पतालमा भर्ना भएकी छन् ।
उनी जस्तै धेरै जना त्यहाँ भर्ना भएका छन् । निजी अस्पतालहरुमा डेंगी संक्रमितलाई बिनाझुल अन्य रोगका बिरामीको बीचमा राखिएको छ । सरकारी अस्पतालमा निःशुल्क उपचार हुने डेंगु र स्क्रबटाइफसका बिरामी निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् ।
राजधानी दैनिकले संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित शीर्षकमा समाचार छापेको छ । समाचारका अनुुसार प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ ।संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन ।
न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन ।
अन्नपूर्ण पोस्ट् दैनिकमा अब सुन सस्तो हुने सम्भावना शिर्षकमा समाचार छापिएको छ । भारत सरकारले संस्थागत आय कर ‘कर्पोरेट ट्याक्स’ मा भारी कटौती गरेपछि नेपाली बजारमा पनि अमेरिकी मुद्रा र सुनको भाउ सस्तिने सम्भावना बलियो भएको छ।
भारतीय रुपैयाँ भारु सँगको स्थिर विनिमय दरका कारण भारु महँगिदा नेपाली मुद्रा पनि महँगिन्छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शुक्रबार संस्थागत आयकरको दर १० प्रतिशत बिन्दुसम्म घटाउने घोषणा गरिन्। ६ वर्षयताकै कमजोर आर्थिक वृद्धिको अवस्थाबाट माथि उठ्न भन्दै भारत सरकारले यस्तो राहत प्याकेज ल्याएको हो ।
यस्तै आजको गोरखापत्र दैनिकमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफल हुने शिर्षकमा पनि समाचार छापिएको छ ।नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ । पौडेलले भने, “प्रतिनिधिहरूले आआफ्ना पार्टीका कुरा अदानप्रदान गर्ने कार्यक्रम छ । ’’ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी छ ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्नुहुने छ भने कार्यक्रमको अध्यक्षता स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नेछन् । अन्तरक्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको छ ।
यस्तै आजको नागरिक दैनिकमा अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र शिर्षकको समाचार छापिएको छ । थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् ।
ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो । इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो ।
मानव तस्करका दलालहरुले चर्को यातना दिएर उनीहरुलाई अस्ट्रेलियाको बोर्डर पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले । घरबाट पैसा मगाउन नसकेपछि दलालले उनीहरुलाई इन्डोनेसिया अध्यागमनको जिम्म लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार