पानीमुनि विवाहको प्रस्ताव राखेका प्रेमीको मृत्यु
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १९:२५:३६
५ असोज एजेन्सी । प्रेमिकालाई पानीमुनि विवाहको प्रस्ताव राखेका एक अमेरिकी नागरिकको तान्जानियामा डुबेर मृत्यु भएको छ।
प्रेमी स्टेभन वेबर र प्रमिका केनेशा आन्टवान बिदा मनाउन पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए।
भिडियोमा वेबर प्रेमिकालाई विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमा पौडेको देखिन्छ। प्रेमिकाले कोठा भित्रबाट खिचेको भिडिओमा वेबरले झ्यालको सिसामा हस्तलिखित विवाह प्रस्ताव देखाएका छन्। आन्टवानले फेसबुकमा वेबरको मृत्यु भएको पुष्टि गर्दै लेखेकी छन्स् ‘उनी त्यो गहिराइबाट कहिल्यै बाहिर आएनन्।’
मान्टा रिसोर्टले बीबीसीलाई वेबर बिहीवार दिउँसो एकान्तमा रहेको कोठाबाहिर एक्लै पौडिँदा डुबेको बताएको छ। वेबर र आन्टवान जमिनबाट आठ सय २० फिटको दुरीको पानीमा रहेको रिसोर्टको महँगो कोठामा चार दिनका लागि बसेका थिए।
प्रतिदिनको १७ सय डलर पर्ने सो कोठा पानीको सतहभन्दा ३२ फिटमुनि रहेको छ। त्यहाँ बसेको तेस्रो दिन वेबरले विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमुनि गएका थिए।
त्यसपछि भिडिओमा उनले सो कागजको पछाडि लेखिएको विवाह प्रस्ताव देखाएको, अनि खल्तीबाट औँठी निकालेको देखिन्छ। त्यसपछि उनी पानीमा हराउँछन्।
रिसोर्टले पानीमा केही समस्या परेको थाहा हुने बित्तिकै सहयोग गर्न गएको तर गर्न सकिने केही बाँकी नरहेको बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार