इरान समर्थित हुथी समूहको प्रस्तावलाई राष्ट्रसङ्घद्वारा स्वागत
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १९:३०:५८
५ असोज, एजेन्सी । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले शान्तिको प्रयास स्वरूप साउदी अरबमा भइरहेका सबै हमला अन्त्य गर्ने भनी राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ।
राष्ट्रसङ्घले जारी गरेको एउटा वक्तव्यले उक्त प्रस्तावले ‘युद्ध अन्त्य गर्न चाहना राखेको भन्ने एउटा शक्तिशाली सन्देश’ दिनसक्ने जनाएको छ। साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा ड्रोन र अन्य क्षेप्यास्त्र प्रयोग गरेको जिम्मा लिएको हुथी समूहले आक्रमणको एक साता पछि यस्तो प्रस्ताव राखेको हो।
अमेरिका र साउदी अरबले उक्त घटनामा इरानको हात भएको आरोप लगाउँदै आएका छन्। तर तेहरानले उक्त घटनामा उसको संलग्नता भएको आरोप अस्वीकार गर्दै आएको छ।
यमनमा भएको गृहयुद्धका कारण १० हजार मानिसको ज्यान गएको छ भने दशौँ लाख मानिसलाई भोकमरीको अवस्थामा धकेलिदिएको छ। यसका कारण यो सबैभन्दा ठूलो मानवसिर्जित मानवीय विपत् बन्न पुगेको छ।
हुथी विद्रोहीले राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट भाग्न बाध्य पारेपछि साउदी अरबले सन् २०१५ मा हुथीविरुद्ध हवाई आक्रमण गर्दै उक्त क्षेत्रमा भइरहेको द्वन्द्वलाई अझ जटिल बनाएको छ।
टेलिभिजनमार्फत् घोषणा गर्दै हुथी सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल-मसतले साउदी अरबमाथि सबै खालका आक्रमणको अन्य गर्ने र त्यसका लागि साउदी अरब र उसका सहयोगीहरूले पनि त्यस्तै गर्नुपर्ने बताए।
यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत मार्टिन ग्रिफिथ्सले शनिवार उक्त प्रस्तावको स्वागत गर्दै समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्। ‘विशेष दूतले यस अवसरको फाइदा लिन हिंसालाई न्यूनीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन्,’ उनको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ।
ट्रम्प प्रशासनका नाम नखुलाइएका वरिष्ट अधिकारीहरूले साउदी अरबमाथिको हमला दक्षिणमा रहेको इरानबाट सुरु भएको अमेरिकी सञ्चार माध्यमलाई बताएका छन्। अधिकारीहरूले साउदी अरबको क्षेप्यास्त्र र हवाई सुरक्षामा सघाउनका लागि अमेरिकी सैन्य खटाउने घोषणा शुक्रवार गरेका हुन्।
तर शनिवार इरानमा रहेको इरान्स रेभ्युलिस्नरी गार्डका प्रमुख मेजर जेन होसेन सलामीले उनको देशले ूकुनै पनि यस्ता कदमविरुद्ध प्रतिक्रिया दिनेू चेतावनी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार