‘चिनियाँ मानव अधिकार कार्य विकासको ७० वर्ष ’
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १३:३५:४६
६ असोज, एजेन्सी । चीनले आइतबार नयाँ चीनको मानव अधिकार कार्य विकासको ७० वर्ष नामक स्वेत–पत्र आइतबार जारी गरेको छ ।
चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा जारी श्वेत–पत्रमा ७० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ मुक्ति पाउनुका साथै जनजीवनमा सुधार आएको तथा जनताले मौलिक रूपमा देशलाई सञ्चालन गरेको उल्लेख छ ।
चीनले भनेको छ, “नयाँ चीनको ७० वर्ष चिनियाँ राष्ट्र उभिएर समृद्ध भएदेखि शक्तिशाली बनेको ७० वर्ष हो ।” “नयाँ चीनको ७० वर्ष चिनियाँ जनताका विभिन्न आधारभूत हकहितको प्रतिदिन संरक्षणको ७० वर्ष हो ।”
नयाँ चीनको ७० वर्ष चीनका अलावा विश्वको मानव अधिकार कार्यको विकासका लागि निरन्तर योगदान पु¥याएको ७० वर्ष पनि भएको पत्रमा उल्लेख छ ।
सो श्वेत–पत्रमा जोड दिँदै उल्लेख गरिएको छ, “हाल महासचिव सी चिन फिङद्वारा मुख्य कार्य मानिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको शक्तिशाली नेतृत्वमा चिनियाँ जनताको ‘दुई सय वर्ष’ को लक्ष्य तथा चिनियाँ राष्ट्रको महान पुनः उत्थानसम्बन्धी चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार