परम्परावादी विवाहलाई चुनौती दिने बङ्गलादेशी जोडी बन्यो भाइरल
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १३:४१:२३
६ असोज, एजेन्सी । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सञ्जालमा जताततै छाएका (भाइरल) छन् ।
यसले परम्पराको नाममा हुने महिला अधिकार हनन्का विषयमा बहस तीव्र बनाइ दिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेका थिए । शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामीण जिल्ला मेहरपुरमा भएको हो ।
मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ ।
“हो, परम्परागतरूपमा यो असमान्य हो । तर, अन्य दिदीबहिनीले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूआत गरेँ,” खुशीले एएफपीसँगको कुराकानीमा आइतबार बताए ।विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।
इस्लामले भने, “महिला पुरूषबीचको समान अधिकारका लागि लैङ्गिक विभेद्लाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग¥यो ।”
म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ ।विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सञ्जालमा छाएको छ । यसले सामाजिक सञ्जालमा विवाहको नयाँ अभ्यासबारे तातो बहस शुरू भएको छ ।
विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान रहेको १६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ ।
बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्छन्, “पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो ।” अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन् ।
कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन् । केही किशोरहरूले बेहुली खुशीको प्रशंसा गर्दै भनेका छन्, “उनी साहसी महिला हुन् । म उनीजस्ता महिलालाई विवाह गर्न चाहन्छु ।”
यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नव जोडी तथा उहाँको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् । “त्यो परिवारलाई सजाय दिनुपर्छ,” मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार