सुपथ मूल्य पसलले उपभोक्तालाई राहत
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १८:२१:५४
६ असोज, बागलुङ । चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ ।
पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ । हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ ।
चिनी र नून बिक्रीबाट रु १८ लाख ९१ हजार ६०० को कोरावार भएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले बताए। बजारको तुलनामा प्रतिकिलो चिनी आठ र नून चार रुपैयाँ सस्तोमा बिक्री भइरहेको उनको भनाइ छ । अहिले चिनीको बजार मूल्य रु ८० र नूनको रु २२ छ ।
सुपथ मूल्य पसलले भने चिनी प्रतिकिलो रु ७२ र नून रु १८ मा उपलब्ध गराएको छ । एक जनाले चिनी छ किलो र नून तीन किलोसम्म किन्न पाउने व्यवस्था छ । दोहोरिएर आउने उपभोक्ताले भने खरीद गर्न पाउँदैनन् ।
“उपभोक्ताको भीड छ, सहज सेवाका लागि खटिएका छौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । कार्यालयले कर्मचारीबाहेक थप चार जना कामदार ज्यालादारीमा राखेको छ । उपभोक्ताको लाम व्यवस्थापनका लागि प्रहरी खटिएका छन् ।
अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लाममा नबसी खरीद गर्न पाउने व्यवस्था मिलाइएको छ । दुरुपयोग हुने डरले १४ वर्षमुनिका बालबालिकालाई चिनी, नून बेच्ने गरिएको छैन । “चाडबाडको बेला उपभोक्तालाई राहत मिलोस् भनेर सस्तो मूल्यको पसल राखेका हौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने ।
उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । चिनी र नून मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने आवाज उठेको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित कार्यालय परिसरमै सञ्चालित पसल आउँदो कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने पसल सार्वजनिक बिदाका दिनमा भने बन्द हुने गरेको छ । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले वर्षेनी चाडबाडको मुखमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार
नक्कली नोट सहित दुई जना पक्राउ
असोज २०, २०८१ आइतबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २०, २०८१ आइतबार