अण्डाको मूल्यमा एकरुपता : प्रतिगोटा १२ रुपैयाँ कायम
नेपालबहस संवाददाता
असोज ६, २०७६ मंगलबार ३:४८:४१
६ असोज, काठमाडौं । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ कायम गरिएको छ ।
सङ्घको केन्द्रीय समितिद्वारा आयोजित छलफलमा अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए । हरेक शहरी क्षेत्रमा सोही मूल्यमा अण्डा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ । आज कायम गरिएको मूल्यमा अण्डा बिक्री वितरण नगर्नेलाई कारवाही गरिने सङ्घले जनाएको छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले मूल्यमा एकरुपता ल्याई किसानलाईसमेत फाइदा हुने तथा उपभोक्ता नठगिउन् भन्नका लागि अन्तक्रिया गरी नयाँ मूल्य निर्धारण गरिएको बताए। यस अघि अण्डा प्रतिगोटा १५ रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो ।
आज कायम भएको मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र अण्डा उत्पादक किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग–अलग समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्यालले सबै मिलेर मूल्यमा एकरुपता गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायी, किसान तथा वितरकसँग छलफल गरेर निष्कर्ष निकालिएको बताए ।
पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले मूल्य निर्धारण मात्रै समस्याको समाधान नभइ राज्यले निर्धारण गरेअनुसार उत्पादित अण्डा बिक्री वितरणको जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार