घटस्थापनाका दिन सार्वजनिक बिदाको माग
नेपालबहस संवाददाता
असोज ६, २०७६ मंगलबार ४:१४:१६
६ असोज, पोखरा । क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ ।
‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आएको क्षत्री समाजले आज गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
मुलुकमा विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन ज्ञापनपत्रमार्पmत माग गरिएको छ ।
क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले परम्पराले नै मुलुकको अस्तित्व जीवित रहने बताए ।गण्डकी प्रदेशका नौ जिल्लामा क्षत्री समाज नेपाल जिल्ला समितिले बडादशैँको आगमनको महत्वपूर्ण दिनमा गत वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले जानकारी दिए ।
सो अवसरमा गण्डकी प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुखले नेपालीहरुको महान चाड बडादशैँको शुभारम्भमा सार्वजनिक बिदा माग गर्नु जायज रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार