‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १२:४९:१०
७ असोज, ललितपुर । मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहँुचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’ मा नेपालमा उक्त उमेर समूहका बालिका हिंसाको सिकार भोग्न बाध्य भएको बताइएको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा रहेका दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका बढीजसो बालबालिका हिंसाको सिकार भोग्न बाध्य भएका बताए । उनले भने “समाजमा नेपाल प्रहरी र सर्वसाधारण जनताबीच थप सुमधुर सम्बन्ध विस्तार हुँदै गएमा हिंसाको घटना न्यूनीकरण हुने थियो ।” मानव अधिकार बहाली गर्ने क्षेत्रमा प्रहरीको संलग्नता हुनु अतिनै आवश्यक रहेको शर्माले जानकारी दिए ।
आयोगका सदस्य मोहना अन्सारीले जबर्जस्ती करणीमा परेका कतिपय महिला तथा बालिकाले अझै न्याय नपाएको गुनासो व्यक्त गरे ।
“आयोगसँग पर्याप्त बजेट अभावका कारण हामीले प्रदेश नं ३ मा मानवअधिकार उल्लङ्घनका घटना हेर्न पाएका छैनौँ”, अन्सारीले भने, “आयोगलाई मानव अधिकारको क्षेत्रमा भएका समस्या, घटनाको प्रमाण सङ्कलन र अनुसन्धान गर्न निकै चुनौती भइरहेको छ ।” मुलुकमा हिंसा बढाउने पीडक भने १९ देखि ७५ वर्ष उमेर समूहका रहेका उनले भने ।
अन्सारीले धेरैजसो हिंसाको घटना खेतबारी र घरभित्र हुने गरेका उल्लेख गर्नुभयो । हिंसामा परेका एक प्रतिशत महिला गर्भवती भई मानसिक सन्तुलन गुमाइरहेको अन्सारीले जानकारी दिए ।
सरकारले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको निःशुल्क उजुरी लिने, हिंसाको उजुरी सुलभ बनाउन सरकारी वकिलको भूमिकालाई सरल बनाउने र नेपालमा पाठ्यक्रमको माध्यमबाट बालबालिकालाई हिंसाबारे चेतना फैलाउने काम गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
आयोगका अर्का सदस्य सुदीप पाठकले बलात्कारमा परेका महिलाको पहुँच जुनसुकै निकायमा सरल बनाउन आवश्यक रहेको औँल्याए । उनले भने, “सरकार र नेपाल प्रहरीले हिंसामा परेका महिलाको स्वास्थ्य जाँच, गोपनीयताका साथै चेतनामूलक तालीमको व्यवस्था गर्नुपर्छ ।”
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले ल्याएको सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत छ लाख विद्यार्थीका साथै ६० लाख स्थानीय जनतामा आफूहरूको पहुँच पुगेको बताए ।
उनले भने, “नेपाल प्रहरीले जबर्जस्ती करणीको विषयमा परेको कूल उजुरीमा ९७ प्रतिशत समस्या समाधान गर्न सफल भएको छ ।” प्रहरीले २६ हजार समुदायमा विभिन्न सुरक्षा अपनाउने तरिका, महिलाको विषयमा काम गर्ने सङ्घसंस्थामा सहकार्य र विभिन्न विद्यालय अनि क्याम्पसमा चेतनामूलक कार्यक्रम गरिरहेको उनल जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार