महिला अधिकार स्थापीत गर्न सरकार गम्भीर : थममाया थापा
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार २३:३५:३
७ असोज, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला अधिकार स्थापीत गर्न सरकार गम्भीर भएर लागेको बताएकी छिन् ।
मंगलबार सिंहदरबारमा महिला सञ्चारकर्मीसंग छलफल गर्दै उनले महिलाको हक अधिकार स्थापीत गर्न संविधानका पनि उपयुक्त व्यवस्था गरेको बताइन् । उनले अवदेखि सरकारले जेठ १६ गते ‘राष्ट्रिय महिला अधिकार दिवस मनाउने जानकारी दिइन् ।
महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न’ पारित भएको दिनको सम्झनामा दिवस मनाईने उनले बताइन् । अझै पनि समाजमा बोक्सीको आरोपमा कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजोजस्ता दुर्व्यवहार कायम रहेकाले यो दिवसले यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उल्लेख गरिन । उनले समाजलाई परिवर्तन गर्न पनि महिला आन्दोलनलाई शसक्त रुपमा अघि बढाउनुपर्ने आवश्यक रहेको जिकिर गरिन् ।
अघिल्लो बर्षको १६ दिने अभियानमा मन्त्रालयले स्थानिय तहदेखि प्रदेशका प्रमुख, उपप्रमुख, प्रदेशसभामा सदस्यसंग सबै क्षेत्र जिल्ला र समुदायमा महिला हिसांको स्वरुप के कस्तो छ, भन्दै यसलाई न्यूनिकरण गर्न के गर्न सकिन्छ भनेर व्यापक छलफल गरिएको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थापाले यस अभियानमा सबै सरोकारवालाहरुले विभिन्न सामाजिक सचेतनामूलक र सृजनात्मक कार्यक्रमहरु तय गरी अगाडि बढाउनुपर्ने कुरामा जोड दिइन् ।
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिला हिंसाका विषय यथार्थमा बहुआयामिक र बहुसरोकार हुने हुदाँ सवैले आ आफ्नो नीति, योजना र कार्यक्रममा समावेश गरी सकृय तवरले कार्य गर्दै गएमा महिला हिंसामा कम गर्न सकिने कुरा व्यक्त गरे ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले महिला हिंसाको विरुद्धमा पत्रकार महासंघ सदैव लड्ने बताए । त्यस्तै सहभागीहरुले महिला अधिकारका स्थापीत गर्नका लागी अझै गम्भीर भएर लाग्न सरकारलाई सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार