स्याङ्जा सदरमुकाममा सीसी क्यामेरा जडानमा तीव्रता
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार २३:२९:१४
७ असोज, स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको अगुवाई र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला सदरमुकाममा सीसी क्यामेरा जडान गर्न नेपाल बैंक लि.ले सहयोग गरेको छ । बैंकले सीसीक्यामेरा जडान गर्न ९० हजार सहयोग गरेको हो ।
संघको अगुवाईमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाका मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान कार्य शुरु भएको छ । २० स्थानमा सीसी क्यामेरा जडान गर्ने तयारीमा लागेको संघले ५ स्थानमा क्यामेरा जडान गरिसकेको छ ।
“सीसी क्यामेरा जडान कार्यलाई तिव्रता दिएका छौं ।” संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, “रकम संकलन कार्य र क्यामेरा जडान कार्यलाई एकसाथ अगाडी बढाएका छौं ।” उनका अनुसार मुक्तिनाथ विकास बैंकले ५० हजार र रेज मोटर्स ईसुजु पोखराले क्यामेरा जडानका लागि १ लाख सहयोग गरेका छन् ।
सीसी क्यामेरा चौकी बजार, शहिदचोक, बैंकरोड, अभियानपथ, ठाडोलाईन, घुम्ती, प्रगतीनगर, बाड्खोला र पुतलीखेत क्षेत्रका बजारमा जडान गरिने संघले जनाएको छ । संघका अनुसार बजार क्षेत्रमा हुने दुर्घटना न्यूनिकरण गर्न र चोरी डकैतीलाई कम गर्न सीसी क्यामेरा सहयोगी हुनेछ ।
“बढि घटना बजार क्षेत्रमा हुने भएकाले संघसँग सहकार्य गरेर हामीले सीसी क्यामेरा जडानको प्रक्रियालाई अगाडी बढाएका छौं ।” जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भने, “केही स्थानमा क्यामेरा जडान गरिएको छ, अब छिट्टै तोकिएका स्थानमा क्यामेरा जडान गछौं ।”
सदरमुकाम आसपासमा करिब २ महिना अधिदेखि सीसी क्यामेरा जडानको कार्य शुरु गरिएको हो । संघका अनुसार करिब एक महिनाको अवधिमा क्यामेरा जडान कार्य सक्ने योजना रहेको छ । बजार क्षेत्रमा सीसी क्यामेरा जडान हुने भएपछि स्थानीय व्यवसायीले सुरक्षाको अनुभूति गर्ने संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार