इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा आगजनी, २७ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार १:१२:४७
७ असोज, एजेन्सी । प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा २७ जनाको ज्यान गएको छ ।प्रदर्शनकारीहरुले स्थानीय शहर वामेनाका भवनमा आगजनी गर्दा धेरै मानिस घाइते भएको बिबिसीले उल्लेख गरेको छ । स्थानीय शिक्षकले विद्यार्थीमाथि गरेको रंगभेदी टिप्पणीका कारण प्रदर्शन भएको हो ।
आजगनी बाहेकका फरक घटनामा सोमबार नै पापुआको राजधानी जयपुरामा चारजनाको ज्यान गएको जनाइएको छ ।पापुआमा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ ।
गएको अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिनभन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो । सो इन्डोनेसियामा समाहित हुने पक्षमा परिणाम आयो ।
तर मात्रै एक हजार जनाको भोटले भएको निर्णय वैध नहुने अधिकांश पापुअन्सको भनाई रहँदै आएको छ ।यहि कारण लामो समयदेखि सो क्षेत्रमा स्वतन्त्रताको अभियान चलिरहेको छ ।
हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । प्रदर्शनमा सहभागीहरु अधिकांश हाइस्कूलका विद्यार्थी रहेको बिबिसीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार