श्रीनगर डिपो रित्तो भएपछि दशैँको मुखमा चामल अभाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार २:९:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/rice_nLcGYvpeHS.jpg)
दाने बोहरा/ रासस
७ असोज सिमकोट । गत आर्थिक वर्षमा आइपुग्नुपर्ने खाद्यान्न काठमाडौं हुँदै सदरमुकाम सिमकोटमा सोमबार मात्र पुगेको छ । हुम्लाको दक्षिणी भेगका लागि भने खाद्यान्न ढुवानीको सम्झौता भर्खर भएको छ ।
चालू आवमा नेपाल खाद्य संस्थानले बोलपत्र आह्वान ढिलो गरेका कारण यस वर्षको दशैँमा जिल्लाको तल्लो भेगमा खाद्यान्न ढुवानी गर्न ढिलाइ हुने भएको छ । असार अन्तिम सातादेखि श्रीनगर डिपो रित्तो भएको छ ।
सो कार्यालयमा सहयोगीसहित तीन कर्मचारी कार्यरत छन् । डिपोका प्रमुख दिवाकर वली दशैँसम्म चामल ढुवानी गर्न नसकिने बताउछन् । “ठेक्का प्रक्रिया ढिला भएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो”, उनले भने ।
श्रीनगर डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न तीन जनाले ठेक्का लिने भएका छन् । चामल ढुवानी गर्न लोकेन्द्र भण्डारी, दुर्गाबहादुर बुढा र नन्द महतराले ठेक्का लिएको डिपो प्रमुख वलीले बताए ।
सुर्खेत, बाजुराको मार्तडी र कैलालीको धनगढीबाट चालम ढुवानी गरिनेछ । ढुवानी प्रक्रिया ढिलो भएका कारण दशैँमा चामल पु¥याउन नसकिने ठेकेदार भण्डारीले बताए । उनले दशैँ बिदाका कारण चामल ढुवानी गर्न समय लाग्ने बताए ।
केही समयअघि केरुङ नाका हुँदै हिल्सासम्म पाँच हजार पाँच सय क्विन्टल चामल ढुवानी गरिएको थियो । सिमकोट खाद्य संस्थानका लागि ल्याइएको चार हजार क्विन्टल चामल सलिसल्लासम्म ढुवानी गरिएको छ ।
एक हजार पाँच सय क्विन्टल चामल भने बिक्री वितरण गरिएको नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्टले बताए । सलिसल्लामा रहेको खाद्यान्न सिमकोट खाद्य संस्थानसम्म ढुवानी गरिँदैछ ।
सिमकोटमा दशैँमा चामल अभाव नहुने
सधैँ दशैँको समयमा चामल अभाव हुने सिमकोटमा यस वर्ष भने मौज्दात छ । गत वर्ष खाद्य संस्थानले यहाँ एउटा परिवारलाई तीन किलोका दरले चामल वितरण थियो ।
“यस वर्ष दशैँमा चामल अभाव हुँदैन”, संस्थानका शाखा प्रमुख विष्टले भने । सिमकोट शाखाबाट असोज १ गतेदेखि चामल वितरण गरिँदै आएको उनले बताए । काठमाडौँ केरुङ हुँदै हिल्सा पुगेको चामल सलिसल्लाबाट सिमकोट ढुवानी गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार