प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश प्रहरी १ विजयी
नेपालबहस संवाददाता
असोज ९, २०७६ शुक्रबार २:२०:३२
९ असोज,काठमाडौं । ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने चर्चा गर्दै प्रहरीको जीवनमा खेल अभिन्न अंगको रुपमा रहने बताए । खेल जीवनमा खेलाडीहरू सदैव जोश, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी खेलकुदलाई गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिए ।
नेपाल प्रहरीको खेलकुद टिमले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमै महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खेलकुद टिमले व्यवसायिक क्षमतामा थप अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने बताए ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार, सहभागी टिमलाई मोमेन्टो र प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । उनले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानिसलाई शारीरिक रुपमा स्वास्थ्य र मानसिक रुपमा सबल राख्न खेलकुदले मद्दत पुर्याउने विचार व्यक्त गर्दै खेलकुदको दिगो विकासका लागि प्रतिभावान खेलाडीहरुको समयमै उचित संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगिताका उत्कृष्ट ब्लकर र स्पाईकरलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सुरुमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले खेलका रेफ्रीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्घाटन गरेका थिए ।
उक्त प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर टीम विजय भएको हो । असोज ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।
सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार