एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १९:२९:१०
११ असोज, काठमाडौं । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ ।
असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।
विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए । विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।
त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।
ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।
मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो ।
एमबिबिएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बुलबुले तालमा मोटरबोट सञ्चालन
बैशाख २८, २०८१ शुक्रबार
नुवाकोटको रमणीय पर्यटकीय क्षेत्र घ्याङस्वारा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार