भारतीय मूलका सन्दीप धालिवालको अमेरिकामा गोलीहानी हत्या
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार २०:९:२४
११ असोज, एजेन्सी । भारतीय मूलका एक प्रहरी अधिकारीको अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या भएको छ ।
उनी भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको हो । ज्यान गुमाउनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् । उनले शुक्रबार दिउँसो पौने १ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए ।
ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको थियो ।
गोलीप्रहार गरेपछि ऊ तुरूत फर्केर गाडी हाँक्दै भागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय मेमोरियल हर्मन अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा निधन भयो ।
यसैबीच उनलाई गोलीप्रहार गरी भागेको ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट पक्राउ गरिएको छ । गोली प्रहार गर्ने व्यक्ति अपराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ ।
उसलाई सन् २००२ मा अपहरणको घटनामा २० वर्ष सजाय भएको थियो । सन् २०१४ मा जमानतमा छुटेको उसले सन् २०१७ मा उसकी केटी साथीलाई आक्रमण गरी ज्यान मार्ने कोशिस गरेको थियो ।
४२ वर्षीय धालिवाल सेरिफ डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ । उनी आफ्नो समुदाय र परोपकारी कामका लागि सुपरिचत रहेको उनका सहकर्मीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार